अगस्टमा ८८ हजारभन्दा बढी पर्यटक भित्रिए | Khabarhub Khabarhub

अगस्टमा ८८ हजारभन्दा बढी पर्यटक भित्रिए


१६ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सन् २०२५ को अगष्टमा ८८ हजार ६८० पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले आज सार्वजनिक गरेको तथ्यांकअनुसार गत वर्षको तुलनामा यस वर्षको अगस्टमा २२ प्रतिशत विन्दुले पर्यटक आगमनमा वृद्धि भएको देखिएको छ । 

बोर्डको तथ्यांकअनुसार नेपाल आएका पर्यटकमध्ये भारतबाट ३५ हजार ५०५ अर्थात् ४० प्रतिशत पर्यटक भित्रिएका छन्भने चीनबाट सात हजार ५३३ अर्थात् ८.५, अमेरिकाबाट ६ हजार ६८ अर्थात् ६.८ प्रतिशत, श्रीलंकाबाट पाँच लाख ९५६ अर्थात् ६.७ प्रतिशत र बङ्गलादेशबाट चार हजार २६२ अर्थात् ४.८ प्रतिशत पर्यटक भित्रिएका छन् । 

सन् २०२५ को जनवरीदेखि अगस्टसम्म आठ महिनाको अवधिमा सात लाख ३६ हजार ५६२ पर्यटक भित्रिएका छन् । बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार क्षेत्रगत रुपमा हेर्दा दक्षिण एसियाली (सार्क) मुलुकबाट ४७ हजार १३७ पर्यटक अर्थात् ५३ प्रतिशत आगमन भएको देखिन्छ भने एसियाका अन्य मुलुकमा १५ हजार ७७७ अर्थात् १७.८ प्रतिशत, युरोपबाट ११ हजार १३२ अर्थात् १२.६ प्रतिशत र ओसनियाबाट दुई हजार ४३५ अर्थात् २.७ प्रतिशत पर्यटक भित्रिएका छन् । 

त्यसैगरी, अमेरिकाबाट सात हजार २९३ अर्थात ८.२ प्रतिशत, मध्यपूर्वबाट ९४४ अर्थात् १.१ प्रतिशत, अफ्रिकाबाट ३२२ अर्थात् ०.४ प्रतिशत र अन्य मुलुकबाट तीन हजार ६४० अर्थात् ४.१ प्रतिशत पर्यटक आगमन भएको छ । सन् २०२५ को जुलाईमा ७० हजार १९३ पर्यटक भित्रिएका थिए । 

कोरोना महामारीले थला परेको नेपालको पर्यटन क्रमशः पुनरुत्थानका क्रममा रहेको बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताए। उनले भने, ‘भारतबाट एयर इन्डिया एक्सप्रेस थपिँदा पनि भारतबाट आउने पर्यटकको सङ्ख्या वृद्धि भएको देखिएको छ । अबको अवधि निरन्तर पर्यटक आगमन वृद्धि हुनेमा आशावादी छौँ ।’

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  ४ : २२ बजे

संसदीय समितिद्वारा निर्माणाधीन नयाँ संसद् भवनको निर्माण कार्यप्रति असन्तुष्टि

काठमाडौं– संसदीय समितिले निर्माणाधीन नयाँ संसद् भवनको निर्माण  कार्यप्रति असन्तुष्टि

सामाजिक सञ्जाल प्रदायक कम्पनीलाई सरकारले दिएको अल्टिमेटम जनहित विपरित : रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अशोककुमार चौधरीले सामाजिक सञ्जाल प्रदायक कम्पनीहरूलाई

भायानेटको ब्राण्ड एम्बासडरमा गायक सुशान्त केसी नियुक्त

काठमाडौं– भायानेट कम्युनिकेशन लिमिटेडले चर्चित गायक तथा गीतकार सुशान्त केसीलाई

चाडपर्व लक्षित मुग्लिन-मलेखु सडक मर्मत गरिँदै

चितवन– नागढुङ्गा-मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्डको मुग्लिन-मलेखु सडक स्तरोन्नतिसँगै चाडपर्वलाई

कृषाको ‘जहाजैमा’ अलपत्र, घोषणा गरिन् ‘पारस’

काठमाडौं – ‘जहाजैमा’मा अलपत्र पारेर निर्देशक कृषा चौलागाईंले नयाँ फिल्म