‘देशको समृद्धिमा साहित्य, कला, सङ्गीतलगायत प्राज्ञिक क्षेत्रको विकास अपरिहार्य’ « Khabarhub

‘देशको समृद्धिमा साहित्य, कला, सङ्गीतलगायत प्राज्ञिक क्षेत्रको विकास अपरिहार्य’


१६ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले देशको समृद्धिका लागि भौतिक विकाससहित साहित्य, कला, सङ्गीतलगायत प्राज्ञिक क्षेत्रको विकास उत्तिकै अपरिहार्य रहेको बताएका छन् ।

सोमबार शीतल निवासमा नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सव, २०८२ का विजयी कविहरूलाई पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले मुलुकको समृद्धिका लागि भौतिक विकाससहित साहित्य, कला, सङ्गीत, संस्कृति क्षेत्र अर्थात् प्राज्ञिक क्षेत्रको विकास पनि उत्तिकै अपरिहार्य रहेको बताएका हुन् ।

उनले नेपाल विभिन्न भाषा, जाति र अनेकौँ संस्कृतिहरूको साझा थलो भएको धारणा राखे । राष्ट्रपति पौडेलले नेपाली जनताको लामो त्याग र सङ्घर्षबाट प्राप्त उपलब्धिलाई प्राज्ञिक रूपमा स्थापित गर्ने दायित्व पनि नेपाल प्रज्ञा प्रतिष्ठान कै भएको बताउँदै प्रज्ञा प्रतिष्ठानले आफ्नो दायित्व कुशलतापूर्वक वहन गर्न सक्षम र सफल हुने विश्वास व्यक्त गरे । 

उनले साहित्यलाई भाषाको कलात्मक अभिव्यक्ति भन्दै वास्तवमा भाषा, साहित्य भनेको देशको ढुकढुकी, पहिचान र आत्मा भएको जिकिर गरे ।

राष्ट्रपति पौडेलले अनुमप भौगोलिक विविधतासहित विभिन्न जातजाति, भाषा, संस्कृति, परम्पराको संरक्षण, संवर्द्धन र विकासमा जुट्नु साझा दायित्व भएको बताए । उनले राष्ट्रिय कविता महोत्सव, २०८२ मा उत्कृष्ट दशभित्र पर्न सफल पुरस्कृत हुने सबै कविहरूलाई बधाई दिदैँ उनीहरूको सृजना यात्राको प्रगतिको कामना गरे । 

कार्यक्रममा राष्ट्रपतिले विभिन्न १० जना कविहरूलाई सम्मानपत्र तथा पुरस्कार वितरण गरेका थिए ।

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  ५ : ५४ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र