चीनको १ अर्ब ३९ करोड लगानीमा जिरी माविको पुनर्निर्माण सकियो  « Khabarhub

चीनको १ अर्ब ३९ करोड लगानीमा जिरी माविको पुनर्निर्माण सकियो 


१६ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


435
Shares
  • change font
  • change font
  • change font

दोलखा– २०७२ साल वैशाखमा गएको विनाशकारी भुकम्पले पूर्णरूपमा ध्वस्त बनेको जिरी माध्यमिक विद्यालयको पुनर्निर्माण सकिएको छ।

नगरको वडा नम्बर-६ हाटडाँडामा अवस्थित जिरी माध्यमिक विद्यालयको पुनर्निर्माणमा चीन सरकारले १ अर्ब ३९ करोड ३८ लाख ५२ हजार लगानी गरेर विद्यालयको पुनर्निर्माण सकेको विद्यालयका प्रधानाध्यापक कुमार जिरेलले बताए।

नवनिर्मित उक्त सुविधा सम्पन्न भवनको यहीँ असोजमा उद्‌घाटन गर्ने चिन सरकार तथा विद्यालय प्रशासनले तयारी गरिरहेको छ। प्रधानाध्यापक जिरेलका अनुसार असोज  महिनाभित्र विद्यालय चीन सरकारबाट औपचारिक रूपमा हस्तान्तरण हुने र नवनिर्मित सुविधासम्पन्न अत्याधुनिक भवनका कक्षा-कोठाबाट नियमित पठनपाठन हुने छ । 

२०७२ सालको विनाशकारी भूकम्पले ध्वस्त विद्यालयको पुनर्निर्माण हुन करिब एक दशक पछि भए पनि विद्यालयले ढिलो भएपनि जिल्लामै उत्कृष्ट र सुविधायुक्त कक्षा-कोठा सहितको विद्यालय भवन पाएको हो। चाइना एडमार्फत निर्माण गरिएको विद्यालय परिसरमा कुल ७ वटा आधुनिक भवन रहेका छन् । ती भवनमा ४१ वटा कक्षा कोठा, छात्र तथा छात्रावास, शिक्षक आवास, सभा हल, पुस्तकालय, शैक्षिक तथा प्रशासनिक भवन, कम्प्युटर ल्याब, नृत्य कक्ष, चित्रकला कोठा र चमेनागृह  रहेका छन् ।

२०८० साल वैशाख ४ गते शिलान्यास गरिएको उक्त विद्यालयको निर्माण कार्य दुई वर्षभित्रै सम्पन्न भएको हो । नयाँ कक्षा कोठामा विद्युतीय बोर्ड, पावर सर्किट, पर्याप्त उज्यालो, र प्रत्येक विद्यार्थीका लागि डेस्क-बेञ्चको व्यवस्था गरिएको छ । प्रधानाध्यापक जिरेलका अनुसार, भवन जिरीको भौगोलिक तथा मौसमीय अवस्थालाई ध्यानमा राखी निर्माण गरिएकोले सुविधासम्पन्न मात्र नभई पर्यावरणमैत्री समेत छ।

चिन सरकारको अनुदान सहयोग निर्माण सम्पन्न उक्त भवनले पर्यटकीय नगर जिरीलाई शैक्षिक हवको रूपमा चिनाउने अनुमान गरिएको छ।

झट्ट हेर्दा राज्यको सरकारी कार्यालय भन्दा राम्रो देखिने  दर्जनौं चिटिक्क फर्निचर तथा बिजुलीले सजिएका जिरी माविका आधा दर्जन भवनले जिरी पुग्ने जोकोहीको ध्यान तान्न गरेको पाइन्छन् ।

चिनिया विकासलाई झल्काउने यहाँका भवनले जिरी घुम्न आउनेहरुलाई लोभ्याउने गरेको छ। लामो समय अस्थायी टहराबाट पठनपाठन हुँदै आएको विद्यालयले ढिलोगरी आकर्षक र सुविधा सम्पन्न पक्की भवन पाएको विद्यालयका प्रधानाध्यापक जिरेल सुनाउछन् ।

विद्यालयमा हाल कक्षा १२ सम्म ५ सय ११ भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । दोलखाका अधिकांश पालिकाका साथै काठमाडौं, रामेछाप र सोलुखुम्बु लगायत जिल्लाबाट समेत विद्यार्थीहरु अध्ययन गर्न आउने गरेका छन् ।

विद्यालयसँग तीन सय रोपनीभन्दा बढी जग्गा भएकाले होस्टेलमा बस्ने विद्यार्थीका लागि तरकारी उत्पादनदेखि ‘कमाउँदै पढ्ने’ अभियान सञ्चालन गर्ने योजना समेत अघि सारिएको छ । किवीखेतीसहित आत्मनिर्भर कृषि प्रणालीको अभ्यास गरिने विद्यालय प्रशासनले जनाएको छ।

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  ७ : ३६ बजे

लेकसाइड क्षेत्रलाई पर्यटनमैत्री बनाउन अभियान

पोखरा– पर्यटन राजधानी पोखराको मुख्य पर्यटकीय गन्तव्य लेकसाइड क्षेत्रमा पर्यटनमैत्री

दुई करोडको लागतमा मणिकाधाममा भजन हल निर्माण

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ चुरेफेदीस्थित धार्मिक तथा पर्यटकीय क्षेत्र मणिकाधाममा

झापामा बालेनले भने– काठमाडौंका सुकुम्बासीलाई बाढीबाट जोगाउन डोजर लगाएँ, यहाँ त्यस्तो हुँदैन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन साहले

बसको ठक्करबाट एकजनाको मृत्यु

चितवन– चितवनको इच्छाकामनामा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ ।