डुबानमा परेकालाई सुरक्षित स्थानमा सारियो « Khabarhub

डुबानमा परेकालाई सुरक्षित स्थानमा सारियो


१६ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– आइतरबारदेखिको निरन्तर वर्षाले कञ्चनपुरको दोधारा चाँदनीमा ५२ घर र सशस्त्र प्रहरीका दुई वटा बीओपी डुबानमा परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सागर बोहराका अनुसार दोधारा चाँदनी नगरपालिका–८ स्थित रामपुरे टापु र गर्जा टोलमा जोगबुढा नदीको पानी पस्दा २५ घर डुबानमा परेका छन् । डुबानमा परेका २५ घरपरिवारका ७० जनालाई नजिकैको जनज्योति माविमा सारिएको छ । 

त्यसैगरी दोधारा चाँदनी नगरपालिका–३ स्थित पटराखल्लामा जोगबुढा नदीको बाँध भत्किएर बाढी बस्तीमा पस्दा १५ घर डुबानमा परेका छन् । डुबानमा परेका १५ घरपरिवारका ५५ जनालाई सरसामान र चौपायासहित नजिकैको जमुना आधारभूत विद्यालय जमुनाघाडीमा सारिएको छ । वडा नं १० शान्तिनगरका डुबानमा परेका १२ घरपरिवारका ४० जनालाई वडा–९ स्थित अम्बिका माध्यमिक विद्यालयमा सारिएको छ । 

त्यसैगरी दोधारा चाँदनी नगरपालिका–१० र ७ स्थित सशस्त्र प्रहरीको बिओपी समेत डुबानमा परेको प्रवक्ता बोहराले जानकारी दिनुभयो । उहाँका अनुसार वडा नं १० स्थित सुन्दरनगरमा रहेको बिओपी जोगबुढा नदीको पानी पस्दा डुबानमा परेको छ । उक्त बिओपीमा कार्यरत २३ सशस्त्र प्रहरीलाई ओमकार आधारभूत विद्यालयमा राखिएको छ ।  

वडा नं ७ स्थित कञ्जभोजमा रहेको सशस्त्र प्रहरीको  बीओपी समेत डुबानमा परेको प्रहरीले जनाएको छ । उक्त बीओपीका कार्यरत ३० जना सशस्त्र प्रहरीलाई सहरी खोप केन्द्रको भवनमा राखिएको सारिएको छ । 

‘बाढीले ५२ घर डुबानमा परेका छन् उक्त घरपरिवारका १६५ जनालाई सुरक्षित स्थानमा राखिएको छ’, प्रवक्ता बोहराले भने, ‘महाकाली नदीमा पानीको सतह निरन्तर बढिरहेको छ ।’

उनका अनुसार महाकाली नदीमा पानीको सतह बढेर दुई लाख ७१० क्युसेक पुगेको छ । जल तथा मौसम विज्ञान विभागले महाकाली नदीको जलसतह सतर्कता तह पार गरेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

विभागले सूचना जारी गर्दै महाकाली नदीको डडेल्धुरास्थित पारि–गाउँ बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह (६.८ मि) पार गरेको जनाएको छ । जलसतह बढेसँगै भारतीय पक्षले शारदा ब्यारेजमा चारपाङ्ग्रे र तीनपाङ्ग्रे सवारिसाधन आवागमन रोक लगाएको छ । 

डुबान प्रभावित क्षेत्रमा अनुगमन तथा उद्धारमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख खड्कबहादुर खत्रीको कमान्डमा प्रहरी टोली खटिएको छ । 
 

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  ७ : ५३ बजे

पूर्ण खोप अभियानले पशु रोगको जोखिम घटायो

तनहुँ – पशु तथा चौपायामा लाग्ने सङ्क्रामक रोग नियन्त्रणका लागि

मलेसियाको एउटा बिरुवाबाट सुरु भएको खेती : वार्षिक ३० टन ड्रागन फ्रुट उत्पादन

सुनसरी- आकर्षक बगैँचा, लटरम्म फलेका फल अनि ओठमा मीठो मुस्कान।

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । अपराह्न

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ ९ गते मंगलबार सन् २०२६