प्रधानमन्त्री ओली र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता « Khabarhub

प्रधानमन्त्री ओली र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता


१६ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साङ्घाइ सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनका लागि चीनको थियानचिनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र रुसी महासङ्घका राष्ट्रपति भ्लादिमीर पुटिनबीच भेटवार्ता भएको छ ।

पाँच दिने चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले सोमबार रुसका राष्ट्रपति पुटिनसँग द्विपक्षीय भेटवार्ता गरेका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटमा द्विपक्षीय सम्बन्ध र हितका विषयमा कुराकानी भएको छ ।

थियानचिनस्थित मेइक्याङ सम्मेलन केन्द्रमा भएको भेटवार्ता करिब आधा घण्टा चलेको थियो । शनिबार चीन पुगेका प्रधानमन्त्री ओलीले राष्ट्रपति सी जिङपिङसँग भेटवार्तासमेत गरेका थिए। उनले चीन र भारतबीच लिपुलेकमा भएको सम्झौताका विषय पनि उठान गरेका थिए ।

ओलीले आइतबार भियतनामका प्रधानमन्त्री फाम मिन चिङसँग भेटवार्ता गरेका थिए।

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  ९ : ५४ बजे

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले

नेपाल बार एशोसिएशनले मनायो ७० औँ स्थापना दिवस

काठमाडौं– कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एशोसिएशनले ७० औँ