आज २०८२ साल असोज १५ गते बुधबारको राशिफल « Khabarhub

आज २०८२ साल असोज १५ गते बुधबारको राशिफल


१५ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल असोज १५ गते बुधबार। आश्विन शुक्ल पक्षको महानवमी तिथि। तदनुसार सन् २०२५ अक्टोबर १ तारिख। नवरात्रको नवौ दिन। आज राष्ट्रिय चलचित्र दिवस, अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्यो. प. सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य छ। अनावश्यक काममा तपाईंको समय र सम्पत्ती खर्च हुनेछ। साथीभाइसँग धेरै तर्क नगर्नु राम्रो हुन्छ। तपाईंले राम्रो बोले पनि विभिन्न आरोप लाग्ने जोखिम रहेको छ।

वृष : दिन राम्रो छ। धनलक्ष्मी योग परेकाले धन आर्जन हुनेछ। स्वास्थ्य र शिक्षामा फाइदा मिल्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

मिथुन : दिन सामान्य छ। बोली र व्यवहारमा एकरुपता नहुँदा समस्या बढ्नेछ। परिवारको साथ सहयोग मिल्नेछ। शिक्षाको क्षेत्रमा थप मिहिनेत गर्नुपर्ने दिन छ। व्यापारमा भने घाटा हुनेछ।

कर्कट : दिन सामान्य राम्रो छ। आज ठूलो कारोबार नगर्नु राम्रो हुन्छ। थोरै बोलेर अघि बढ्नुहोला। धार्मिक र सामाजिक क्षेत्रमा गरेको मिहिनेतको प्रतिफल प्राप्त हुनेछ।

सिंह : दिन राम्रो छ। साथी सँगको भेटले मनमा शान्ति मिल्नेछ। धर्मकर्ममा मन जानेछ। शनिको कारण मन अस्थिर बन्नेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। परिवारको साथमा घुमघामको अवसर मिल्नेछ।

कन्या : दिन सामान्य राम्रो छ। स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। नयाँ योजना बनाउने दिन छ। कामको चापले मन अशान्त बन्नेछ । खेलकुदमा मन जानेछ।

तुला : दिन राम्रो छ। पठनपाठनमा मन जानेछ। आफ्नो रुचिको क्षेत्रमा सफलता मिल्नेछ। शिक्षामा गरेको मिहिनेतको फल प्राप्त होला। हरेक काममा परिवारको सहयोग मिल्नेछ।

वृश्चिक : दिन राम्रो छ। साथी भाइसँगको भेटले मन प्रशन्न रहनेछ। परिवारको साथ सहयोग मिल्नेछ। धर्मकर्ममा मन जानेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा भने समस्या हुनसक्छ।

धनु : दिन राम्रो छ। धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। व्यापार व्यवसायमा फाइदा हुनेछ। स्वास्थ्य, शिक्षा र सामाजिक क्षेत्रमा तपाईंको नाम र दाम मिल्नेछ। परिवारको साथ लिएर अगाडि बढेमा हरेक काममा सफलता मिल्नेछ।

मकर : दिन सामान्य छ। व्यापारमा घाटा हुनेछ। ठूलो लगानी नगर्नु राम्रो हुन्छ। सामाजिक र राजनीतिक क्षेत्रमा चासो बढ्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : दिन सामान्य छ। बोल्दा ख्याल गर्नुपर्छ। बोलीकै कारण साथी भाइ टाँढिने भएकाले बोल्नु अगाडि तीन पटक सोच्नु उचित हुन्छ। सामाजिक कामबाट भने आज तपाईंलाई मानसम्मान मिल्नेछ।

मीन : दिन सामान्य छ। संकटमा आफन्तको सहयोग मिल्नेछ। अग्रजसँग सुझाव लिएर गरेको कामबाट सफलता मिल्नेछ। सामाजिक र राजनीतिक क्षेत्रमा तपाईंको खोजी हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : १५ आश्विन २०८२, बुधबार  ५ : ०३ बजे

‘समृद्धिको महान् उद्देश्य लिँदा कहिलेकाहीँ धक्का लाग्छ, पार्टीलाई बलियो बनाए माथि उठ्न सकिन्छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर

एमालेका मनोनीत केन्द्रीय सदस्यहरुले गरे शपथ ग्रहण

काठमाडौं– नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले शपथग्रहण गरेका छन् ।

भाषा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भाषा आयोगका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद न्यौपानेले

करदाता प्रोत्साहन उपहार : पर्साका लालबाबुले पाए १० लाख

काठमाडौं– करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको

विधान संशोधनमा पूर्वसभापतिको मर्यादा र स्थान समेटिने छ : प्रवक्ता चालिसे

काठमाडौं– नेपाली कांग्रेसले असोज १८ गतेदेखि काठमाडौंमा सुरु हुने पार्टीको