भक्तपुरमा आज खःमेय् जात्रा मनाइँदै « Khabarhub

भक्तपुरमा आज खःमेय् जात्रा मनाइँदै


१५ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

भादगाउँ– महानवमीका अवसरमा मनाइने भक्तपुरको परम्परागत ऐतिहासिक तथा सांस्कृतिक खःमेय् व्वाकेगु (राँगो दौडाउने) जात्रा आज मनाइँदैछ ।  
    
यहाँ खःमेय्लाई महिषासुर दैत्यको प्रतीकका रूपमा मानी खःमेय् जात्रा मनाइने परम्परा रहेको छ । महिषासुरको प्रतीक मानिएको खःमेय् जात्रालाई विजयादशमीको एक महत्त्वपूर्ण जात्राका रूपमा लिने गरिन्छ । 

महानवमीको दिन त्रिपुरासुन्दरी प्रकट भई नवदुर्गा भवानीका रूपमा पूर्ण हुनेहुँदा त्यस रूपमा महिषासुर ‘बध’ गर्ने प्रचलित धार्मिक लोक मान्यताअनुरूप यस दिन खःमेय्लाई बलिपूजा गरी जात्रा मनाउँदै आइएको संस्कृतिविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले बताए ।

नवदुर्गा द्योःछें९देवगृह०मा राखिएका खःमेय्लाई जाँडको कट खुवाएर, जिउभरी सिन्दुर र तेल लगाई लठ्ठ पारी तान्त्रिक विधिअनुरुप पूजाआजा गरी नवदुर्गा द्योःछेवाट बाहिर निकालर दौडाउने र ब्रम्हायणी पीठसम्म पुर्‍याइने गरिन्छ। 

नवदुर्गा भवानीलाई चढाइने खःमेय्को टाउकोमा दुई दुई चक्करसहित शरीरमा सात वटा चक्र भएको, निख्खर कालो, पुच्छर घुँडाभन्दा तलसम्म आएको, सिँङ अगाडि फर्केको, कानमा कुनै खोट नभएको, शरीरभरि कुनै घाउचोट नलागेको, १०० धारनी तौल भएको मोटोघाटो राँगो चाहिने मान्यता छ ।

खःमेय्को ससाना मासुका टुक्रा प्रसादका रूपमा घर लगी सुकुटी बनाउने र  धुलो पारेर घ्युमा मुछी धुप बनाइन्छ। उक्त धूप लक्ष्मीपूजाको दिनमा बाल्ने चलन रहेको छ । त्यस दिन धूप बाल्दा घरमा भूतप्रेत भाग्ने, सत्रु नाश हुने र लक्ष्मीले बास गर्ने धार्मिक विश्वास रहेको छ । 

प्रकाशित मिति : १५ आश्विन २०८२, बुधबार  १२ : ४० बजे

सीमा नाकाका विद्युतीय पोलमा राष्ट्रिय झण्डा

रुपन्देही– रुपन्देहीको सीमा नाका बेलहियानाका हुँदै नेपाल आउने पर्यटकलाई राष्ट्रिय

हर्मोन असन्तुलनले चाँडै महिनावारी, झ्याप्प दाह्रीजुँगा

पछिल्लो समयको बदलिँदो खानपान, जीवन शैली र बढ्दो स्क्रिन टाइमले

कांग्रेस सभापति थापा आज सर्लाही जाँदै, कर्मैयामा भेटघाट कार्यक्रम

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज सर्लाही जाँदै छन्

प्रचण्डलाई झलनाथको चेतावनी– ‘अधिनायकवादी शैली नरोकिए पार्टी फुट्छ’

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले पार्टी