सडक विस्तारलाई जोड दिँदै तिला « Khabarhub

सडक विस्तारलाई जोड दिँदै तिला


१५ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

जुम्ला– तिला गाउँपालिकाले सडक विस्तारलाई पहिलो प्राथमिकतामा राखेर तदनुरूप काम गरिरहेको छ । पालिका क्षेत्रका पाँचवटा सडक निर्माणका निम्ति बोलपत्र आह्वान गरिएको छ । 

सङ्घीय सरकारको समपूरक बजेटबाट गाउँपालिकाका पाँचवटा सडक बनाउन बोलपत्र आह्वान गरिएको गाउँपालिकाका इञ्जिनियर सुरेन्द्रसिंह साउदले जानकारी दिए । 

गाउँपालिकाको–१ सेरीबजार–रारा गाउँहुँदै वासथाप्लासम्म सडक स्तरोन्नति, वडा नं ३ को कुडारी काटेपुलदेखि–लौरुसम्म ग्रामीण कृषि सडक निर्माण, वडा नंं ६, ७, ८ र ९ को ग्रामीण कृषि सडकअन्तर्गत राँसादेखी घोडेसुडी–मानेचौर राँसा हुँदै खोप्री कयरकोट तथा वडा नं ३ र ५ अन्तर्गत कुडारीदेखि डुङ्गरिसम्मको सडक स्तरोन्नति लागि बोलपत्र आह्वान गरिएको हो । 

गाउँपालिकाको नौली घट्टदेखि कुलापाटासम्म तटबन्धन पनि निर्माण गरिने जानकारी उनले दिए । 
 

प्रकाशित मिति : १५ आश्विन २०८२, बुधबार  २ : ४३ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने