७ दशक अघिको त्यो दशैं (भिडियो) « Khabarhub

७ दशक अघिको त्यो दशैं (भिडियो)



महेन्द्रनाथ राई ९७७० पेशाले शिक्षासेवी तथा समाजसेवी हुन् । भोजपुरको छिनामखुमा जन्मिएका उनले सात दशकअघिदेखि अहिलेसम्मका चाडपर्वको अनुभव गरेका छन् ।

 ‘राम्रो खाने, मिठो लाउने’ संस्कृति बोकेको दशैं हुँदा खाने र हुनेखाने सबैका लागि उत्तिकै प्रेरक बनेको छ । पहिलेको दशैंले गाउँ समाज जोड्थ्यो । सानो उपलब्धीमा ठूलो सन्तुष्टि प्राप्त हुन्थ्यो । उनी राई संस्कृतिको बाहुल्य समाजमा हुर्किए । 

त्यो दशैंमा लाहुरबाट दोहोरीलत्त मानिस आउँथे । उनीहरूको सान सौगत अलग हुन्थ्यो । पढ्न गएका विद्यार्थीदेखि जागिर खान गएका परदेशीसम्म आउँथे । दशैंले घरटोल सफाइको अभियान ल्याउँथ्यो । घरलौरी राँगो, खसी, सुँगुर ढल्थे । टीका लगाउने परम्परा हार्दिकतापूर्वक चल्थ्यो ।  बालबालिका पिङमा मच्चिन्थे । ठूलाहरू जुवातास, पासा लडाउँथे । 

अहिले उनी जन्मिएको छिनामखुमा पहिलेको जस्तो दशैं छैन् । दशकौंदेखि थातथलो काठमाडौं सारेका उनी यहाँको दशैंमा त झन् जताततै निरसता पाउँछन् । समयसँगै परम्परा, चलन र रमाइलो गर्ने तरिकामा परिवर्तन आएको छ।

यसै सन्दर्भमा, हामी उनीसँग बाल्यकालदेखि अहिलेसम्मको दशैँ अनुभवबारे कुरा गर्दैछौं। राईको दृष्टिकोणले हामीलाई केवल अतीत सम्झाउने मात्र होइन, भविष्यका पुस्ताले दशैँलाई कसरी जोगाउन सक्छन् भन्नेमा पनि मार्गदर्शन गर्नेछ ।

प्रकाशित मिति : १५ आश्विन २०८२, बुधबार  ६ : १८ बजे

अनपेक्षित थिएन कप्तानगञ्ज घटना, कहाँ चुक्यो सुरक्षा संयन्त्र ?

काठमाडौं– सुनसरी जिल्लाको सुदूर दक्षिणी भेगमा धेरै गञ्जहरू छन् ।

डिजिटल प्रणालीमार्फत १७३ कर्मचारीको सरुवा

काठमाडौं– सरकारद्वारा जारी गरिएको अनलाइन कर्मचारी सरुवा व्यवस्थापन प्रणालीमार्फत हालसम्म

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

काठमाडौं–  राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले आज केन्द्रीय

भारतको साढे सात करोड सहयोगमा दार्चुलामा विद्यालय भवन निर्माण सुरू

काठमाडौं– भारत सरकारको आर्थिक सहयोगमा दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित श्री

देवानगञ्ज घटनाको निष्पक्ष छानबिन गर्न गगनको माग, संयम अपनाउन अपिल

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा