घरघरमा कन्यापूजन गरी नवरात्रि समापन गरिँदै « Khabarhub

घरघरमा कन्यापूजन गरी नवरात्रि समापन गरिँदै


१५ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

जलेश्वर– बडादसैँको महानवमीका दिन मिथिलाको घरघरमा कन्यापूजन गरी नवरात्रि समापन गरिँदै छ ।

महोत्तरीसहित मिथिला क्षेत्रमा महानवमीका दिन घरघरमा कन्या पूजा गरी नवरात्रिपर्व समापन भइरहेको जलेश्वर–८ का पण्डित गोविन्द झाले बताए। बडादसैँको घटस्थापनादेखि आजसम्म नौ दिनसम्म व्रत बसेका श्रद्धालु महिला तथा पुरुषले आज नवौँ दिनका अवसरमा गच्छेअनुसार पाँच, सात वा नौजना कन्यालाई बोलाएर पूजा गरी नवरात्रि व्रत समापन गर्ने परम्परा रहिआएको छ ।

आ–आफ्ना घर तथा टोल–छिमेकीका कुमारीलाई कन्याकुमारीलाई बोलाएर निजहरुका खुट्टा धोई टाउकोमा चुनरी हालेर, जीउमा फूल प्रसादहरु चढाएर पूजा गरेका छन्भने पूजापश्चात्कन्याहरुलाई प्रसादका रुपमा हलुवा, पुरी र चनाको भोजन गराएका छन्भने भोजनपछि कन्याको पाउ ढोग्दै दक्षिणासहित बिदाइ गरेको नवरात्रव्रत बसेका श्रद्धालु जलेश्वर नगरपालिका–२ का सुदिश साहले बताए।

मिथिलामा आजका दिन कन्यालाई माता वैष्णवीको रूप मानेर कन्यापूजन, कन्याभोजन र कन्याबाट आशीर्वाद प्राप्त गर्ने चलन रहेकाले यहाँका घर घरमा आज कन्या पूजन गरिँदै नवरात्रि पर्व समापनका क्रममा छ ।  

बडादसैँका नवरात्रि व्रत बसेर कन्यापूजन गर्नाले सुख, शान्ति र समृद्धिका साथै वर्षभरि मातादुर्गा भवानीको आशीर्वाद प्राप्त भइरहने जनविश्वास रहेका कारण मिथिलाको प्रत्येक घरमा नवरात्रि धुमधामका साथ मनाइने चलन रहेको जलेश्वर–५ का संस्कृतिविद् ध्रुव रायले बताए। 

प्रकाशित मिति : १५ आश्विन २०८२, बुधबार  ६ : १६ बजे

मुस्ताङमा ११ हजार ३२८ जना मतदाता, २८ मतदान केन्द्र

जोमसोम– आसन्न प्रतिनिधिसभा सदस्य पदको निर्वाचन तयारीका लागि थासाङ गाउँपालिकास्थित

पौवादुङमा गोल्डकप फुटबल प्रतियोगिता माघ १४ देखि 

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकामा ‘तेस्रो आमन्त्रित पौवादुङमा गोल्डकप फुटबल प्रतियोगिता

मनिषाले चार र रुविनाले तीन विकेट लिएको खेलमा स्कटल्यान्डले नेपालाई दियो १४१ रनको चुनौती

काठमाडौं – आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोट अन्तर्गत समूह

क्यान्सरको बिरामीलाई आर्थिक सहयोग

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा क्यान्सरबाट थलिएकी एक जना बिरामीको

भैँसीपालनबाट किसानको जीवनस्तर फेरिँदै 

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका थारू समुदाय पछिल्लो समय व्यावसायिक भैँसीपालनतर्फ