घरघरमा कन्यापूजन गरी नवरात्रि समापन गरिँदै « Khabarhub

घरघरमा कन्यापूजन गरी नवरात्रि समापन गरिँदै


१५ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

जलेश्वर– बडादसैँको महानवमीका दिन मिथिलाको घरघरमा कन्यापूजन गरी नवरात्रि समापन गरिँदै छ ।

महोत्तरीसहित मिथिला क्षेत्रमा महानवमीका दिन घरघरमा कन्या पूजा गरी नवरात्रिपर्व समापन भइरहेको जलेश्वर–८ का पण्डित गोविन्द झाले बताए। बडादसैँको घटस्थापनादेखि आजसम्म नौ दिनसम्म व्रत बसेका श्रद्धालु महिला तथा पुरुषले आज नवौँ दिनका अवसरमा गच्छेअनुसार पाँच, सात वा नौजना कन्यालाई बोलाएर पूजा गरी नवरात्रि व्रत समापन गर्ने परम्परा रहिआएको छ ।

आ–आफ्ना घर तथा टोल–छिमेकीका कुमारीलाई कन्याकुमारीलाई बोलाएर निजहरुका खुट्टा धोई टाउकोमा चुनरी हालेर, जीउमा फूल प्रसादहरु चढाएर पूजा गरेका छन्भने पूजापश्चात्कन्याहरुलाई प्रसादका रुपमा हलुवा, पुरी र चनाको भोजन गराएका छन्भने भोजनपछि कन्याको पाउ ढोग्दै दक्षिणासहित बिदाइ गरेको नवरात्रव्रत बसेका श्रद्धालु जलेश्वर नगरपालिका–२ का सुदिश साहले बताए।

मिथिलामा आजका दिन कन्यालाई माता वैष्णवीको रूप मानेर कन्यापूजन, कन्याभोजन र कन्याबाट आशीर्वाद प्राप्त गर्ने चलन रहेकाले यहाँका घर घरमा आज कन्या पूजन गरिँदै नवरात्रि पर्व समापनका क्रममा छ ।  

बडादसैँका नवरात्रि व्रत बसेर कन्यापूजन गर्नाले सुख, शान्ति र समृद्धिका साथै वर्षभरि मातादुर्गा भवानीको आशीर्वाद प्राप्त भइरहने जनविश्वास रहेका कारण मिथिलाको प्रत्येक घरमा नवरात्रि धुमधामका साथ मनाइने चलन रहेको जलेश्वर–५ का संस्कृतिविद् ध्रुव रायले बताए। 

प्रकाशित मिति : १५ आश्विन २०८२, बुधबार  ६ : १६ बजे

नयाँ लाइसेन्स अन्तर्राष्ट्रियस्तरको रहेको सरकारको दाबी

काठमाडौं- सरकारले सुरक्षण मुद्रण केन्द्रमार्फत छापिएका सवारी चालक अनुमतिपत्र (लाइसेन्स)

म्याग्दीका पशुगोठ गर्मी छल्न लेक उक्लन थाले

म्याग्दी– गर्मी बढ्न थालेपछि म्याग्दीका घुम्ती पशु गोठहरू हिमाली भेगका

गृहमन्त्रीको राजीनामा माग्दै प्रधानमन्त्री कार्यालयअगाडि प्रदर्शन, चार जना पक्राउ

काठमाडौं– पछिल्लो समय अनेक विवादमा परेका गृहमन्त्री सुधन गुरुङको राजीनामा

पद्मकन्या स्ववियू सभापति भूपी भन्छिन्– सरकारविरुद्ध कानूनी बाटो रोज्छौँ

काठमाडौं- सरकारले विश्वविद्यालय तथा क्याम्पसहरूबाट राजनीतिक दलसम्बद्ध विद्यार्थी संगठन हटाउने

एम्नेस्टी इन्टरनेसनलको रिपोर्ट : नेपालमा शान्तिपूर्ण भेला स्वतन्त्रता संकुचित

काठमाडौं– एम्नेस्टी इन्टरनेसनलले सन् २०२५ मा नेपालमा शान्तिपूर्ण भेला हुन