हेलिकप्टरबाट सप्तरीको कंंकालिनी र छिन्नमस्ता मन्दिरमा पुष्प वृष्टि « Khabarhub

हेलिकप्टरबाट सप्तरीको कंंकालिनी र छिन्नमस्ता मन्दिरमा पुष्प वृष्टि


१५ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

राजविराज– नेपाली सेनाको हेलिकप्टर मार्फत बडादसैँको अवसरमा आज महानवमीका दिन सप्तरीका दुई शक्तिपीठमा पुष्प वृष्टि गरिएको छ । 
    
जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहस्थित कंकालिनी भगवती मन्दिरमा नेपाली सेनाको हेलिकप्टरमार्फत पुष्प वृष्टि गरिएको हो । विगत तीन वर्षदेखि महानवमीका दिन यहाँ हेलिकप्टरमार्फत पृष्प वृष्टि गराउन थालिएको छ ।
    
कंकालिनी मन्दिरमा महानवमीका दिन आज यहाँ राँगा बलि दिने चलन छ ।  राँगा बलिका लागि हालसम्म ५९० आइपुगेको मन्दिर विकास समितिले जनाएको छ । आज यहाँ पनि ठूलो मेलासमेत लागेको छ । 

त्यस्तै जिल्लाको छिन्नमस्ता गाउँपालिका–३ स्थित सखडामा रहेको छिन्नमस्ता भगवती मन्दिरमा समेत आज पुष्प वृष्टि गरिएको छ । गाउँपालिकाको आग्रहमा नेपाली सेनाको हेलिकप्टरमार्फत छिन्नमस्ता मन्दिरमा पुष्प वृष्टि गरिएको गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिए  । 

प्रकाशित मिति : १५ आश्विन २०८२, बुधबार  ६ : ४९ बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००