नाइजेरियामा डुङ्गा दुर्घटना, २६ जनाको मृत्यु « Khabarhub

नाइजेरियामा डुङ्गा दुर्घटना, २६ जनाको मृत्यु


१५ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – दक्षिणी नाइजेरियाको नाइजर नदीमा भएको डुङ्गा दुर्घटनामा कम्तीमा २६ जनाको मृत्यु भएको कोगी राज्यका अधिकारीहरूले बुधबार बताएका छन् ।

डुङ्गाले व्यापारीहरूलाई नदीको किनारको अर्को छेउ अवस्थित इडो राज्यको इलुसीको बजारमा लैजाने क्रममा दुर्घटना भएको  सूचनाका लागि कोगी राज्य आयुक्त किंग्सले फेमी फानवोले सामाजिक सञ्जाल एक्समा विज्ञप्ति पोष्ट गदै जनाएका छन् । 
 
अनपेक्षित घटनाले अनायसै २६ जना यात्रुहरूको ज्यान लिएको रिपोर्ट गरिएको जनाइएको छ ।  

नाइजेरियाको व्यस्त नदीहरूमा अत्यधिक भार बोकेका डुङ्गाहरू, उचित मर्मत सम्भार अभाव र  सुरक्षा नियमहरू पालना नगर्नाले दुर्घटनामा पर्ने गरेको जनाइएको छ । 

गत महिना मात्र नाइजर राज्यमा एण्टा डुङ्गा रूखको स्टम्पमा ठोक्किएर दुर्घटना हुँदा कम्तीमा ३२ जनाको ज्यान गएको बताइएको छ । 

अगस्टको अन्त्यमा, उत्तरपश्चिमी राज्य सोकोटोमा करिब ५० जना यात्रु बोकेको डुङ्गा पल्टिएर दुर्घटना ग्रस्त हुँदा तीन जनाको मृत्यु हुनुका साथै २५ जना बेपत्ता भएको जनाइएको छ । 

प्रकाशित मिति : १५ आश्विन २०८२, बुधबार  ७ : २३ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको