चर्खे पिङ संरक्षणमा तनहुँका स्थानीय « Khabarhub

चर्खे पिङ संरक्षणमा तनहुँका स्थानीय


१५ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

दमौली- तनहुँको भानु नगरपालिका–४ टारका स्थानीय चर्खे पिङ संरक्षणमा जुटेका छन् । दशैंका बेला पिङ हाल्ने प्रचलन हराउँदै जान थालेपछि स्थानीयवासी पिङ संरक्षणमा जुटेका हुन् ।

यहाँका स्थानीयवासीले चर्खे र लिङ्गे पिङ हालेर सर्वसाधारणका लागि पिङ हालेको स्थानीय युवा सन्देश आचार्यले जानकारी दिए । उनले भने, “दशैंका बेला भुइँ छाड्नुपर्छ भन्ने मान्यता छ, तर पछिल्लो समय बढ्दो आधुनिकतासँगै पिङको प्रचलन लोप हुन थालेको छ । त्यसैले संरक्षणका लागि एकै ठाउँमा चर्खे र लिङ्गे पिङ हालेका छौ ।”

सोही वडाकै गगनपुर बगैंचामा संस्कृति जगेर्ना गर्ने उद्देश्यसहित स्थानीय युवाले चर्खे पिङ र लिङ्गे पिङ हालेका छन् । पछिल्लो पुस्ताको बेवास्ता र बढ्दो युवा पलायनका कारण गाउँमा पिङ देख्नै मुस्किल हुने गरेको आचार्यको गुनासो छ । उनले भने, “विगतमा दशैं सुरु हुनुभन्दा गाउँमा पिङ बनाइन्थ्यो, पिङ खेल्दै रमाइलो हुन्थ्यो । तर आजभोलि समय त्यस्तो छैन । गाउँमा युवा नै पाउन छाडियो ।”

वैदेशिक रोजगारीका लागि युवा विदेशिने क्रम बढेपछि गाउँमा पिङ देख्नै छाडिएको उनको भनाइ छ । उनले भने, “पिङको संस्कृति संरक्षण गर्नुपर्छ भन्ने उद्देश्यका साथ हामी गाउँमा भएका युवा मिलेर पिङ हालेका छौ ।”

प्रकाशित मिति : १५ आश्विन २०८२, बुधबार  ८ : ४० बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको