थारु समुदायमा घोर्वा पूजा « Khabarhub

थारु समुदायमा घोर्वा पूजा


१५ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- थारु समुदायमा दशैं पर्वको विशेष अवसरमा घोर्वा माटोको घोडा पूजाको अनौठो परम्परा मनाइन्छ । यो परम्परा केवल देवी–देवताको आराधना मात्र नभई पितृ श्रद्धासँग पनि जोडिएको छ ।

किंवदन्तीअनुसार द्वापर युगमा राजा दंगीशरणले घोर्वा पूजाको चलन सुरु गरेका थिए । कथाअनुसार राजा दंगीशरण आफ्नो फौजसहित शिकार खेल्न जंगल गएका बेला सुन्दर एक घोडी देखे । घोडीलाई पछ्याउँदै गर्दा दिनभरी लाग्यो र अन्ततः समातेर दरबारमा ल्याइयो । त्यो घोडी दिउँसो साधारण घोडी जस्तै देखिन्थ्यो तर राति अप्सरा रानीमा परिणत हुन्थ्यो ।

दाङ्ग–सुर्खेतविच कालिकिच कालिमाटी क्षेत्रम युद्ध चलिरहेको समयमा अप्सरा रानीको दरबारमा मृत्यु भएपछि राजा दंगीशरणले स्मरणस्वरूप आफ्ना भारदार र प्रजालाई घोर्वा माटोको घोडा बनाइ पूजा गर्न आदेश दिएको किवदन्ती छ । त्यही समयदेखि दशैंसँगै घोर्वा पूजाको परम्परा सुरु भएको थारु बुद्धिजिवी विरबहादुर राजवंशीले बताए ।

“फूलपातीको दिन दहित थरका थारु समुदायले काँचो माटोको घोर्वा बनाएर पितृलाई आव्हान गर्छन”, उनले भने, “विभिन्न ठाउँ र चलन अनुसार माटोको घोडा वा भेडाको प्रतीक घरको मरुवामा राखिन्छ, जहाँ माइतीतर्फका पितृ देवताको पूजा गरिन्छ, त्यस्तै, ससुराली पितृ देवताको सम्झनामा डेहुरार वा ढुरखम्बामा पुज्ने प्रचलन छ ।”

उनका अनुसार यसरी माइती र ससुराली दुवै पक्षका पुर्खालाई सम्झने संस्कार कायम छ । बाँकी रहेको माटो प्रयोग गरी भुँरुको घोर्वा बनाइन्छ र त्यसमा कुखुरा वा अन्य बलि दिने परम्परा रहेको छ ।

यो परम्परा विशेष गरी दहित थरका महिलाले पालन गर्ने गर्छन् । महिलाले माइतीबाट ल्याएको घोर्वा ससुराली घरमा राखेर पूजा गर्छन । यसरी दशैंमा दुर्गा भवानीको आराधनासँगै घोर्वा पूजाले थारु समुदायमा पितृ श्रद्धा, धार्मिक आस्था र सांस्कृतिक एकताको प्रतिविम्ब दिएको देखिन्छ ।

आजको आधुनिक समयमा पनि कञ्चनपुर, दाङ, देउखुरीलगायतका क्षेत्रमा यो परम्परा निरन्तरता पाइरहेको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८२, बुधबार  ९ : ०१ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको