आज २०८२ साल कात्तिक १५ गते शनिबारको राशिफल « Khabarhub

आज २०८२ साल कात्तिक १५ गते शनिबारको राशिफल


१५ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल कात्तिक १५ गते शनिबार। कात्तिक शुक्ल पक्षको दशमी तिथि। तदनुसार सन् २०२५ नोभेम्बर १ तारिख। तुलसी विवाह एवम् हरिबोधनी एकादशी व्रत । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्यो. प. सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य छ। आफन्तले विरोध गरेको सुन्नुपर्ने हुनसक्छ। ठुलाको सम्मान गर्न सके सोचेको काम बन्नेछ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने दिन छ। विपक्षीले आक्रमण गर्ने हुँदा व्यवहार गर्दा सचेत बन्नुपर्ने देखिन्छ।

वृष : दिन राम्रो छ। सम्पत्तिको स्रोत पत्ता लाग्नेछ। डुब्न लागेको धन प्राप्त हुनेछ। सहकर्मीसँगको सहकार्य सहज बन्नेछ। शिक्षा र स्वास्थ्यको क्षेत्रमा प्रगति हुनेछ। विदेशी लगानीमा नाफा हुनेछ।

मिथुन : दिन राम्रो छ। गुरुसँगको भेटले मनमा शान्ति मिल्नेछ। सम्पत्तिको सदुपयोग गर्नुपर्ने दिन छ। आफन्तको सहयोग मिल्नेछ। परिवारको साथमा रमाइलो गर्ने अवसर प्राप्त हुनेछ।

कर्कट : दिन राम्रो छ। सोचेको काम बन्ने छ। सामाजिक र राजनीतिक क्षेत्रमा काम गर्ने हिम्मत गर्नुपर्ने देखिन्छ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा जोखिम बढ्ने छ। स्वदेशमै लगानीको अवसर प्राप्त हुनेछ।

सिंह : दिन राम्रो छ। परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। शनिको प्रभावले मन अशान्त बन्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ।

कन्या : दिन सामान्य छ। श्रम शोषण भएको महसुस हुनेछ।  राजनीतिक क्षेत्रमा भने अग्रजको साथ मिल्नेछ। परिवाभित्र गोप्य कुरा सार्वजनिक नगर्नु उचित हुन्छ। प्रेम सम्बन्धमा खटपटी बढ्नेछ ।

तुला : दिन राम्रो छ। नयाँ साथीसँगको भेटले मन शान्त बन्नेछ। ठुला व्यक्तिसँगको भेटले तपाईंलाई फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा थप मिहिनेत गर्नुपर्ने हुनसक्छ। परिवारमा खुशी साट्ने अवसर प्राप्त होला।

वृश्चिक : दिन सामान्य छ। सामाजिक काममा दिन बित्नेछ आफ्नो कामप्रति असन्तुष्टि बढ्नेछ। शिक्षाको क्षेत्रमा ढिलासुस्ती हुनेछ।  सामाजिक क्षेत्रमा तपाईंको प्रशंसा हुनेछ।

धनु : दिन सामान्य छ। यात्रामा समस्या हुनेछ। समय र सम्पत्ति खर्च भए पनि सोचेको काम बन्ने छ। धार्मिक क्षेत्रका व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। विपक्षी सक्रिय भएकाले थोरै बोलेर अगाडि बढ्नु उचित हुन्छ।

मकर : दिन राम्रो छ। डुब्न लागेको धन प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। विपक्षीको विवादले पाईंलाई फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा अगाडि बढ्न हिम्मत गर्नुपर्ने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : दिन राम्रो छ। परिवारको साथ मिल्नेछ।  राजनीतिक क्षेत्रमा सक्रिय नहुँदा फाइदा हुनेछ ।  सामाजिक कामले तपाईंको नाम र दाम बढ्नेछ। शिक्षामा प्रगति हुनेछ ।

मीन : दिन सामान्य छ। हरेक क्षेत्रमा संघर्ष गर्नुपर्ने देखिन्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुन्छ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा गरेको प्रयाससफल हुने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। 

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार  ६ : ४२ बजे

प्रहरी महानिरीक्षक कार्कीद्वारा महिला भलिबल टोलीको बिदाइ

काठमाडौं – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले माल्दिभ्समा हुने काभा भलिबल

आफ्ना नौसेना कमान्डरको हत्याबारे समाचार केबल ‘अफबाह’ मात्र भएको इरानको दाबी

तेहरान – आफ्ना नौसेना कमान्डरको हत्याबारे समाचार केबल ‘अफबाह’ मात्र

अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ

कर्णाली – लोक सेवा आयोगको कार्यालय सुर्खेतद्वारा सञ्चालित प्रहरी जवान

आजका समाचार : प्रचण्ड प्रधानमन्त्री नबन्ने, १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो र भारतले नेपाललाई दिने अनुदान रकम बढायो

प्रचण्ड प्रधानमन्त्रीको दौडबाट बाहिर, भने, ‘सत्ताको भागबन्डामा सहभागी हुन्न’ नेपाली

पत्रकार सिटौलाको अन्तिम बिदाइ, कुलमानदेखि बालेनसम्म पुगे (तस्बिरहरू)

काठमाडौं- आइतबार मध्याह्न उपचारका क्रममा काठमाडौंको ग्रान्डी अस्पतालमा निधन भएका