ओलीले ‘घर फर्किन’ गरेको आह्वानबारे योगेश भन्छन्– ‘समयानुकूल र आवश्यक कदम’  « Khabarhub

ओलीले ‘घर फर्किन’ गरेको आह्वानबारे योगेश भन्छन्– ‘समयानुकूल र आवश्यक कदम’ 


१५ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका सचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीले पार्टी छाडेका नेता–कार्यकर्तालाई फर्किन गरेको आह्वानलाई स्वागत गरेका छन् । उनले यो पहललाई समयानुकूल र आवश्यक बताएका छन् ।

शनिबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै भट्टराईले लेखेका छन्, ‘नेकपा एमालेको निर्माणमा योगदान गरेका कमरेडहरूलाई पुनः यो आन्दोलनमा समाहित हुनका लागि पार्टी अध्यक्षले गर्नु भएको आह्वान स्वागतयोग्य र समय सान्दर्भिक छ।’

उनले जनताको बहुदलीय जनवाद (जबज) को मार्गदर्शनमा वाम आन्दोलनलाई एकताबद्ध बनाउनु आजको राष्ट्रिय कार्यभार भएको उल्लेख गरेका छन् ।

भट्टराईले शान्तिपूर्ण, वैधानिक र प्रतिस्पर्धात्मक माध्यमबाट समाजको प्रगतिशील रूपान्तरणमा विश्वास गर्नेहरूको साझा केन्द्र एमाले हुनुपर्ने बताएका छन् । भट्टराईले लेखेका छन्, ‘कमरेडहरू, आउनुहोस्, यिनै मान्यतामा हातेमालो गरौँ।’

उनले अब निषेध, प्रतिशोध र घृणा त्याग्नु पर्ने बताएका छन् । ‘निषेध, प्रतिशोध र घृणालाई त्यागेर सहकार्य र सहअस्तित्वमार्फत एमालेलाई सुदृढ र एकताबद्ध बनाउन सकिन्छ’, उनले लेखेका छन् ।

भट्टराईले पार्टी एकताको आधार स्पष्ट गर्दै चार बुँदा प्रस्तुत गरेका छन्–
– जनताको बहुदलीय जनवादलाई सिद्धान्तका रूपमा स्वीकार गर्ने ।
– पुष्पलाल श्रेष्ठ, मदन भण्डारी र मनमोहन अधिकारीको योगदानलाई स्वीकार गर्ने ।
– २०८२ भदौ २३ र २४ पछि उत्पन्न परिस्थितिको वस्तुनिष्‍ठ समीक्षा गरी बहुआयामिक पुनर्गठन गर्ने ।
– नेकपा एमालेको नेतृत्वमा समतामूलक समाज निर्माण गर्ने ।

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार  ९ : २५ बजे

‘केपी ओली कमरेड सत्ता र शक्ति बाहिर पनि जिन्दगी छ’

काठमाडौं- केपी शर्मा ओली नेतृत्वको नेकपा (एमाले) इतिहासमै सबैभन्दा कमजोर

एन्फा राष्ट्रिय लिगमा चर्च ब्वाइजको जित, काँक्रेबिहार पराजित

काठमाडौं- काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा चर्च ब्वाइज युनाइटेडले काँक्रेबिहार

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

सिरहा– यहाँको धनगढीमाई नगरपालिका-१३, ढुङ्गा टोलका आँपका बगैँचा यतिबेला ढकमक्क

‘मयूरी नारी’ मा हमलापछि थाइल्याण्ड र इरानबीच कूटनीतिक संकट

काठमाडौं- इरानले होर्मुज जलडमरुमध्यमा थाई ध्वजावाहक जहाजमा हमला गरेपछि दुई

हत्या गरेको अभियोगमा एकजना पक्राउ

सुनसरी–  धरान उपमहानगरपालिका-५ देउराली बस्ने ७२ वर्षीय सुरेन श्रेष्ठको हत्या