कार्तिक १८ गते पार्टी एकीकरण गर्दै माधव-प्रचण्ड, नेसपा र नेकपाका नेताहरू पनि सहभागी हुने « Khabarhub

कार्तिक १८ गते पार्टी एकीकरण गर्दै माधव-प्रचण्ड, नेसपा र नेकपाका नेताहरू पनि सहभागी हुने


१५ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल समूह र नेकपा माओवादी केन्द्रबीच १८ गते पार्टी एकीकरण हुने विषयमा छलफल चलिरहेको छ। 

माओवादी केन्द्रका संयोजक प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच १८ गते पार्टी एकीकरण गर्ने विषयमा सहमति जुटिसकेको एकीकृत समाजवादीका उपमहासचिव राजेन्द्र राईले जानकारी दिए । 

दुई नेताको सहमतिसँगै पार्टीका तल्ला तहका नेतादेखि केन्द्रीय स्तरका नेतासम्मलाई मिसाएर १८ गते नै पार्टी एकीकरण हुनसक्ने राईको भनाइ छ।

यस्तै महेन्द्र राय नेतृत्वको नेसपा र नेत्रविक्रमचन्द विप्लव नेतृत्वको नेकपाका केही नेताहरू पनि सोही दिन माओवादीमा विलय हुनेछन् । 

नेसपाका सबै नेताहरू माओवादीसँगको एकताको पक्षमा छन् भने विप्लव टिमका केही नेताहरू मात्रै एक हुने पक्षमा छन् । उपमहासचिव राईका अनुसार एकीकरण पछाडि पार्टीमा अध्यक्ष नेपाल र संयोजक प्रचण्डको पद एकै रहने बताइएको छ। 

‘संयोजक रहने अथवा अध्यक्ष रहने उहाँहरूको पद एकै रहन्छ । पार्टीमा उहाँहरूको हैसियत समान रहन्छ।’ उनले खबरहबलाई भने, ‘हामी कोही स्थायी कमिटी सदस्य र कोही केन्द्रीय सदस्य पदमा रहनेछौं।’ 

राईका अनुसार एकीकरण पछि एक व्यक्तिलाई बहुपद भने दिइने छैन।

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार  ५ : ११ बजे

दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

दोलखा– जिल्लाको बैतेश्वर गाउँपालिका–६ बुस्टिस्थित तामाकोशी–मन्थली खड्काखण्डमा आइतबार बिहान मोटरसाइकल

सुनचाँदीको मूल्य घट्यो : तोलामा कति पुग्यो ?

काठमाडौं – शुक्रबारको तुलनामा आइतबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल

आलु भित्र्याउँदै पनौतीका किसान (फोटो फिचर)

पनौती – काभ्रेको पनौती नगरपालिका–९ सुन्थान क्षेत्रका किसान यत्तिबेला आलु

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

सर्लाही – एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ ।

सागसब्जीमा समृद्धि पहिल्याउँदै कञ्चनपुरका किसान

कञ्चनपुर – कृष्णपुर नगरपालिका–६ बालुवाफाँटाका जनक चौधरी विदेशमा चाहेजस्तो आम्दानी