माओवादी बैठक : चार पेज लामो फरकमत राखेर बाहिरिए जनार्दन « Khabarhub

माओवादी बैठक : चार पेज लामो फरकमत राखेर बाहिरिए जनार्दन


१५ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


642
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा पार्टीमा चार पेज लामो फरक मत राखेर बैठकबाट बाहिरिएका छन्।

बैठकमा सहभागी एक नेताका अनुसार उनले चार पेज लामो आफ्नो कुरा राखेर बैठकबाट बाहिरिएका हुन्।

माओवादी संयोजक पुष्पकमल दाहाल प्रचण्डले उनको कुरालाई वास्ता नगरेपछि उनी आफ्नो कुरा राखेर त्यहाँबाट बाहिरिएको ती नेताको दाबी छ।

नेकपा माओवादी केन्द्रसहित सात दलले यही कात्तिक १८ गते पार्टी एकीकरण गर्ने निर्णय गरेपछि शर्माले आपत्ति जनाइ सकेको छन् । उनी अपरिपक्क एकताले पार्टीलाई थप विघटनतर्फ लाने भन्दै फरक मत राखिरहेका छन् ।

स्रोतका अनुसार जनार्दन कुनै पनि हालतमा पार्टी एकता नगर्ने बरु उनी छुट्टै टिम बनाएर अघि बढ्ने पक्षमा रहेका छन्। यता एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले पनि छुट्टै पार्टी स्थापना गर्ने निर्णय गरेका छन्।

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार  ६ : ०३ बजे

एसियाली खेलकुद लक्षित प्रशिक्षणलाई निरन्तरता दिन प्रधानमन्त्री कार्कीको निर्देशन

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले २०औँ एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा

टेलिकमलको जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ताले अनलाइनबाटै केवाईसी अपडेट गर्न सक्ने

काठमाडौं– नेपाल टेलिकमले जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ताले ग्राहक विवरण (केवाईसी-नो इयोर

संविधान संरक्षण गर्दै आवश्यक संशोधनबाट क्रियाशील बनाइने

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान संविधानको संरक्षण गरी

‘श्री बुकुरो’ : दशकौँको फिल्म यात्रामा लक्ष्मीको नयाँ मोड

काठमाडौं- ‘श्री’ शब्दले सुन्दरता, शक्ति, बुद्धि र धनको सन्तुलनलाई जनाउँछ