निरन्तरको वर्षाले भोजपुरका ग्रामीण सडक अवरुद्ध | Khabarhub Khabarhub

निरन्तरको वर्षाले भोजपुरका ग्रामीण सडक अवरुद्ध


१५ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

भोजपुर– निरन्तर परेको वर्षाका कारण जिल्लाका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् । कच्ची सडक हिलाम्य बनेर यातायात सञ्चालनमा कठिनाइ भएपछि स्थानीय समस्यामा परेका हुन् ।

सडक अवरुद्ध हुँदा सुत्केरी, गर्भवती, आकस्मिक बिरामी र विपद्मा परेकालाई आवतजावत गर्न कठिनाइ भइरहेको स्थानीयले बताएका छन् । यातायात ठप्प भएपछि दैनिक उपभोग्य सामग्रीको ढुवानी र बजार आपूर्तिसमेत प्रभावित बनेको छ ।

जिल्ला सदरमुकाम भोजपुरबाट उत्तरी क्षेत्रतर्फका षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिका जोड्ने भोजपुर–दिङ्ला खण्ड वर्षाले हिलाम्य भएपछि यात्रुवाहक तथा मालवाहक सवारीसाधन सञ्चालनमा समस्या देखिएको छ ।

त्यस्तै, दक्षिणी क्षेत्रका हतुवागढी, रामप्रसादराई र आमचोक गाउँपालिकातर्फका सडक अवरुद्ध हुँदा सहज यातायात सञ्चालन गर्न नसकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

यसैबीच, अरुण, पौवादुङमा र टेम्केमैयुङ गाउँपालिका तथा भोजपुर नगरपालिकाको केन्द्रका रूपमा रहेको मध्यपहाडी लोकमार्ग कालोपत्र भएकाले केही सहजता भएको स्थानीयले बताएका छन् । 

निरन्तर वर्षाका कारण विभिन्न स्थानमा पहिरो खस्ने र सडक भाँसिने जोखिम रहेकाले सचेत रहन जिल्ला प्रहरी कार्यालयले सबैमा अनुरोध गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले पनि सूचना जारी गर्दै अत्यावश्यक कामबाहेक यात्रा नगर्न र सम्भावित जोखिम क्षेत्रबाट टाढा रहन आग्रह गरेको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार  ६ : २६ बजे

साँझबाट मौसममा क्रमिक सुधार

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले देशमा मौसम क्रमशः

सरकार र आन्दोलनरत नर्सबीच सहमति

काठमाडौं – सरकार र उचित पारिश्रमिक नपाएको भन्दै आन्दोलनरत नर्सबीच

पहिरोले हेटौँडा–कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक अवरुद्ध

बागमती – हेटौँडा–काठमाडौँ जोड्ने हेटौँडा–कुलेखानी–सिस्नेरी– दक्षिणकाली सडक पहिरोका कारण अवरुद्ध

बाजुरामा बस दुर्घटना हुँदा ३० जना घाइते

बाजुरा – मार्तडी कोल्टी सडकअन्तर्गत यहाँको बूढीनन्दा नगरपालिका–७ सेरकाटियामा बस

प्रधानन्यायाधीश नेतृत्वको टोली बङ्गलादेश प्रस्थान

काठमाडौं – प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत नेतृत्वको भ्रमण टोली आज