निरन्तरको वर्षाले भोजपुरका ग्रामीण सडक अवरुद्ध « Khabarhub

निरन्तरको वर्षाले भोजपुरका ग्रामीण सडक अवरुद्ध


१५ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

भोजपुर– निरन्तर परेको वर्षाका कारण जिल्लाका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् । कच्ची सडक हिलाम्य बनेर यातायात सञ्चालनमा कठिनाइ भएपछि स्थानीय समस्यामा परेका हुन् ।

सडक अवरुद्ध हुँदा सुत्केरी, गर्भवती, आकस्मिक बिरामी र विपद्मा परेकालाई आवतजावत गर्न कठिनाइ भइरहेको स्थानीयले बताएका छन् । यातायात ठप्प भएपछि दैनिक उपभोग्य सामग्रीको ढुवानी र बजार आपूर्तिसमेत प्रभावित बनेको छ ।

जिल्ला सदरमुकाम भोजपुरबाट उत्तरी क्षेत्रतर्फका षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिका जोड्ने भोजपुर–दिङ्ला खण्ड वर्षाले हिलाम्य भएपछि यात्रुवाहक तथा मालवाहक सवारीसाधन सञ्चालनमा समस्या देखिएको छ ।

त्यस्तै, दक्षिणी क्षेत्रका हतुवागढी, रामप्रसादराई र आमचोक गाउँपालिकातर्फका सडक अवरुद्ध हुँदा सहज यातायात सञ्चालन गर्न नसकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

यसैबीच, अरुण, पौवादुङमा र टेम्केमैयुङ गाउँपालिका तथा भोजपुर नगरपालिकाको केन्द्रका रूपमा रहेको मध्यपहाडी लोकमार्ग कालोपत्र भएकाले केही सहजता भएको स्थानीयले बताएका छन् । 

निरन्तर वर्षाका कारण विभिन्न स्थानमा पहिरो खस्ने र सडक भाँसिने जोखिम रहेकाले सचेत रहन जिल्ला प्रहरी कार्यालयले सबैमा अनुरोध गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले पनि सूचना जारी गर्दै अत्यावश्यक कामबाहेक यात्रा नगर्न र सम्भावित जोखिम क्षेत्रबाट टाढा रहन आग्रह गरेको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार  ६ : २६ बजे

एसियाली खेलकुद लक्षित प्रशिक्षणलाई निरन्तरता दिन प्रधानमन्त्री कार्कीको निर्देशन

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले २०औँ एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा

टेलिकमलको जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ताले अनलाइनबाटै केवाईसी अपडेट गर्न सक्ने

काठमाडौं– नेपाल टेलिकमले जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ताले ग्राहक विवरण (केवाईसी-नो इयोर

संविधान संरक्षण गर्दै आवश्यक संशोधनबाट क्रियाशील बनाइने

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान संविधानको संरक्षण गरी

‘श्री बुकुरो’ : दशकौँको फिल्म यात्रामा लक्ष्मीको नयाँ मोड

काठमाडौं- ‘श्री’ शब्दले सुन्दरता, शक्ति, बुद्धि र धनको सन्तुलनलाई जनाउँछ