वाग्मती सफाइ महाअभियान ६५१औँ हप्तामा « Khabarhub

वाग्मती सफाइ महाअभियान ६५१औँ हप्तामा


१५ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौंं–  ‘राष्ट्रका नाममा हप्तामा दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान ६५१ हप्तामा प्रवेश गरेको छ ।
 
वाग्मती सफाइ महाअभियानले ६५० हप्ता पूरागरी ६५१ हप्ता प्रवेश गरेको अवसरमा आज अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको कार्यालय परिसर गुह्येश्वरीमा प्रतिबद्धता कार्यक्रम गरियो । कार्यक्रममा सहरी विकासमन्त्री कुलमान घिसिङले नदीनालामा फोहर आउन रोक्न जागरण फैल्याउनुपर्ने बताए। 

उनले राजधानीका सबै नदीलाई सफा गरिनुपर्नेमा जोड दिँदै जागरणले सबैलाई झक्झक्याउने बताए । काठमाडौँलाई सुन्दर बनाउन आवश्यक काम गर्न गुरुयोजना निर्माण गर्न लागिएको मन्त्री घिसिङले जानकारी दिए ।

 “राजधानीमा ढल व्यवस्थापन, पानी प्रशोधन केन्द्र आवश्यक जति सबै स्थानमा निर्माण गरिनेछ । नदी करिडोरमा के के गर्न सकिन्छ, यसलाई पनि योजना बनाएर काम गर्नेछौँ । यसैगरी काठमाडौँका सबै खोलालाई स्नान योग्य पानी बग्नेगरी व्यवस्थापन गरिनुपर्छ । बगैँचा निर्माणलगायत सहरी विकास मन्त्रालयबाट गर्नुपर्ने सबै काम हुन्छ, यो मेरो प्रतिबद्धता हो”, उनले भने।
  
मन्त्री घिसिङले वाग्मती सभ्यताको महत्त्वपूर्ण नदी भएकाले यसको सफाइमा सरकारले ध्यान दिने र काठमाडौँ उपत्यकाका रुद्रमती, विष्णुमती, मनमतीलगायत सबैलाई स्नान योग्य बनाइने सुनाए। 
 
सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले १३ वर्षदेखि स्वयंसेवी रूपमा वाग्मतीलगायत नदी सफाइ हुनु गौरवको विषय भएको बताए। पशुपति क्षेत्रसम्मको वाग्मती नदीलाई यसैवर्ष ढल मुक्त गरिसक्ने उहाँको प्रतिबद्धता थियो ।
 
कागेश्वरी मनोहरा नगरपालिका प्रमुख उपेन्द्र कार्कीले वाग्मती नदीमा ढल व्यवस्थापन गर्ने कार्यालयको नाम अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति राखिए पनि अधिकार कटौती गर्दा काम हुन नसकेको बताए । मन्त्री र सचिवमा अधिकार निहित गरेर कार्यालयको नाम अधिकार सम्पन्न राखे पनि काम हुन नसकेको भन्दै उनले समितिको पुनसंरचना गर्नुपर्नेमा जोड दिए। 
 
गोकर्णेश्वर नगरपालिका प्रमुख दीपक रिसालले नगर क्षेत्रको वाग्मती सफाइका लागि विभिन्न टोलसुधार समितिलाई जिम्मा दिइएको बताए। कर्मचारी राखेर नै नदी क्षेत्रलाई व्यवस्थित गर्न लागिएको उनले सुनाए। 
 
वाग्मती सफाइ महाअभियानका मुख्य अभियानकर्मी एवं पूर्वमुख्यसचिव लीलामणि पौडेलले राष्ट्रिय जागरणका लागि सफाइ अभियान सुरु गरिएको बताए। 

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार  ६ : ३७ बजे

एसियाली खेलकुद लक्षित प्रशिक्षणलाई निरन्तरता दिन प्रधानमन्त्री कार्कीको निर्देशन

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले २०औँ एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा

टेलिकमलको जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ताले अनलाइनबाटै केवाईसी अपडेट गर्न सक्ने

काठमाडौं– नेपाल टेलिकमले जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ताले ग्राहक विवरण (केवाईसी-नो इयोर

संविधान संरक्षण गर्दै आवश्यक संशोधनबाट क्रियाशील बनाइने

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान संविधानको संरक्षण गरी

‘श्री बुकुरो’ : दशकौँको फिल्म यात्रामा लक्ष्मीको नयाँ मोड

काठमाडौं- ‘श्री’ शब्दले सुन्दरता, शक्ति, बुद्धि र धनको सन्तुलनलाई जनाउँछ