बैठकमा प्रचण्डले भनेः एकताको निर्णयमा सबै नेता एक ढिक्का हुने अपेक्षा « Khabarhub

बैठकमा प्रचण्डले भनेः एकताको निर्णयमा सबै नेता एक ढिक्का हुने अपेक्षा


१५ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको बैठकमा संयोजक प्रचण्डले १८ गते ७ कम्युनिस्ट पार्टीहरूबीच एकता सम्मेलन गर्ने जानकारी गराएका छन्।

शनिबार पेरिसडाँडामा बसेको बैठकमा अध्यक्ष प्रचण्डले १८ गते एकता सम्मेलन गर्न सम्पूर्ण तयारी पूरा भएको जानकारी गराए।

आजको बैठकमा उपस्थित अन्य नेताहरूले एकता सम्मेलनको विषयमा फरक धारणा राखेका थिएनन् तर नेता जनार्दन शर्माले चार पेज लामो फरकमत राखेर पार्टी बैठक स्थलबाट बाहिरिएका छन्।

बैठकमा प्रचण्डले १८ गते एकता सम्मेलन हुने जानकारी गराउँदै त्यही अनुसार तयारी गर्नका लागि नेताहरूलाई निर्देशन दिएका थिए ।

बैठकमा नेता जनार्दन समूहले राखेको फरक धारणामा खासै छलफल भएको थिएन। माओवादी नेताहरूका अनुसार जनार्दनलाई छोडेर माओवादी जसरी पनि अन्य दलहरूसँग एकता गर्ने तयारीमा छ।

यस्तै एकीकृत समाजवादीसँगको एकता अघि केन्द्रीय समिति बैठक बस्नेत भएको छ । कात्तिक १७ गते बस्ने गरि केन्द्रीय समिति बैठक बोलाइएकोा नेता हरिबोल गजुरेलले जानकारी दिए ।

नेता हरिबोल गजुरेलका अनुसार प्रचण्डले बैठकमा भनेका थिए, ‘१७ गते महाधिवेशन आयोजक समितिको बैठक बसौँ। १८ गते एकता सम्मेलन गरौँ । यो निर्णयमा सबै साथीहरू एक ढिक्क भएर लाग्नुहुन्छ भन्ने मैले अपेक्षा गरेको छु।’

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार  ६ : ५९ बजे

निर्वाचनमा बालअधिकार उल्लङ्घन : अध्ययनले देखायो ३५० घटना

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा बालअधिकारसम्बन्धी निर्वाचन आचारसंहिता कार्यान्वयन

केरलामा बर्ड फ्लूको प्रकोप : हजारौँ चरा नष्ट गर्ने निर्णय

एजेन्सी– भारतको दक्षिणी राज्य केरलामा बर्ड फ्लू (एभियन इन्फ्लुएन्जा) फैलिएको

वाग्मती सफाइ : तीन मेट्रिकटन फोहर व्यवस्थापन

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी : १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता

एजेन्सी– दक्षिण कोरिया को डेइजोन मा रहेको एक अटो पाट्र्स

अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस : छुवाछूत ऐन छ, कार्यान्वयन छैन

काठमाडौं– आज ६१औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस ‘समान हक