एमाले महाधिवेशनः यस्तो छ २१ सय प्रतिनिधिको क्लस्टर « Khabarhub

एमाले महाधिवेशनः यस्तो छ २१ सय प्रतिनिधिको क्लस्टर


१५ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एमाले सचिवालय बैठकले आउँदो ११औं महाधिवेशनका लागि प्रतिनिधि संख्या निर्धारण गरेको छ। शनिबार सम्पन्न बैठकको निर्णयबारे एमाले नेता सुरेन्द्र पाण्डेले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्।

पाण्डेका अनुसार करिब २२०० प्रतिनिधिहरू आगामी महाधिवेशनमा सहभागी हुनेछन्। एमालेले आगामी मंसिरमा काठमाडौंमा ११ औं महाधिवेशन गर्ने तयारी गरेको छ ।

प्रतिनिधि संख्या निम्न मापदण्ड अनुसार तय गरिएको छः

१. प्रत्येक प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट पहिलो १२०० सदस्यबाट ४ जना (एक महिला, एक ४० वर्ष मुनिका युवा र दुई खुला_र त्यसपछि थप ८०० सदस्यबाट प्रत्येकमा थप एक जना प्रतिनिधि रहने।
२. प्रदेश कमिटीबाट कम्तीमा दुई महिला सहित पाँच जनाका दरले ४५ जना।
३. विशेष क्षेत्रीय समिति (जिक) ११ वटाबाट ४७ जना।
४. प्रवासबाट ३० जना प्रतिनिधि।
५. केन्द्रिय कार्यालय र ३२ विभागबाट एकरएक गरी ३३ जना।
६. जनसंगठनहरूबाट कुल १२७ जना (महासंघ ढाँचाका संगठनबाट ७ र अन्यबाट ५ का दरले)।
७. मनोनित सदस्यहरू पनि रहने।
८. केन्द्रीय कार्यसमितिबाट ३५४ जना।
९. केन्द्रीय अनुशासन आयोगबाट २९ जना।
१०. केन्द्रीय लेखा आयोगबाट ३० जना।
११. निर्वाचन आयोगबाट २५ जना।
१२. केन्द्रीय सल्लाहकार परिषद्‌बाट २५ जना।

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार  ८ : ३३ बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै सर्वोच्च रिट

काठमाडौं – सर्वोच्च अदालतलमा अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिकरूपमा सुनिश्चित राजनीतिक

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम