साँझबाट मौसममा क्रमिक सुधार « Khabarhub

साँझबाट मौसममा क्रमिक सुधार


१५ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले देशमा मौसम क्रमशः सुधार हुँदै गएको र आइतबार थप सुधार हुने जनाएको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले आज बिहान धेरै स्थानमा हल्कादेखि मध्याम वर्षा भए पनि अपराह्नबाट बिस्तारै खुल्दै गएको र साँझ देशका धेरै स्थानमा मौसम सुधार भई वर्षा रोकिएको जानकारी दिए ।

बङ्गालको खाडीबाट विकसित मोन्था चक्रवातको प्रभाव हटे पनि नेपालमा हाल पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभावका कायम हुँदा आज पनि देशका धेरै ठाउँमा वर्षा भएको उनले बताए । यो अवस्था सुधार हुने क्रम जारी रहेको र आइतबार भने आजको तुलनामा धेरै नै सुधार हुने अधिकारीको भनाइ छ ।

हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतयादेखि अधिकांश बदली रही बाँकी प्रदेशमा आंशिक बदली छ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

कोशी प्रदेशलगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र हिमाली भू–भागका केही स्थानहरूमा मध्यम वर्षा÷हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । ती क्षेत्रमा दैनिक जनजीवन, पर्वतारोहणलगायत कृषि तथा पर्यटनका क्षेत्रमा समेत केही असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

यसपालि मोन्था चक्रवातको प्रणालीमा अरब सागरबाट विकसित भएको प्रणाली र पश्चिमी वायुका कारण देशका धेरै ठाउँमा वर्षा हुँदा ठूलो क्षेत्रको धानबालीमा क्षति पुगेका छ । यस्तै, भारी हिमपातका कारण उच्च हिमाली क्षेत्र र पदयात्रा नराम्ररी प्रभावित भएको छ । नेपालमा यही कात्तिक १३ गतेदेखि वर्षाले जनजीवन प्रभावित भइरहेको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार  ९ : ५० बजे

राष्ट्रिय आर्थिक गणना २०८२ को तथ्यांक संकलन आदेश स्वीकृत

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन

जर्मन युनियनको आग्रह : स्वदेशी लडाकू जेट विकास गर्नुपर्ने

एजेन्सी– फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले संयुक्त युरोपेली युद्धक विमान परियोजनामा

धेरैपछि नेपाली फिल्मको व्यापार पाँच करोड नजिक

काठमाडौं – धेरैपछि नेपाली फिल्मको व्यापार पाँच करोड नजिक पुगेको

यस्तो छ बागलुङ–१ को चुनावी गणित

गण्डकी– यसपालिको चुनावमा बागलुङ–१ को चर्चा र चासो तुलनात्मक रूपमा

बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

खोटाङ– टाङको जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङमा विवाह भोज खाएका बेहुला–बेहुलीसहित सबै