बुटवल-नारायणगढ सडक पूर्ण रूपमा अवरुद्ध « Khabarhub

बुटवल-नारायणगढ सडक पूर्ण रूपमा अवरुद्ध


१५ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

मध्यविन्दु – निरन्तर वर्षाका कारण हिलाम्ये भएको सडकमा सवारीसाधन फसेपछि बुटवल–नारायणगढ खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका-२ दाउन्ने खण्ड आज साँझदेखि पूर्ण रूपमा अवरुद्ध भएको हो ।

केही दिनदेखिको वर्षाका कारण हिलो र चिप्लो हुँदा एकतर्फी सञ्चालन भएको सडकमा मालवाहक ट्रक फसेपछि आवगमन ठप्प भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार दाउन्नेको घ्यू खोला नजिकै मालवाहक ट्रक हिलो सडकमा फस्दा आज साँझदेखि यातायात पूर्ण रूपमा अवरुद्ध भएको हो ।

शुक्रबार रातिदेखि दाउन्ने सडक हिलोका कारण चिप्लो भई सवारीसाधन सञ्चालनमा अवरुद्ध हुँदै आएको थियो । गएरातिदेखि सडक एकतर्फी रूपमा सञ्चालन हुँदा जाममा रहेका सयौँ सवारी थप समस्यामा परेका छन् ।

अहिले पनि दाउन्ने क्षेत्रमा वर्षा भइरहेकाले सडकमा फसेको ट्रक निकाल्न र चिप्लो बाटो मर्मत गर्न समस्या भइरहेको प्रहरी नायब उपरीक्षक नेपालले बताए । बुटवल–नारायणगढ सडकखण्ड विस्तारका क्रममा दाउन्ने पहाड कटान गरिएकाले यस क्षेत्रमा सामान्य वर्षमा पनि सडक अवरुद्ध हुने गरेको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार  १० : ०२ बजे

राष्ट्रिय आर्थिक गणना २०८२ को तथ्यांक संकलन आदेश स्वीकृत

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन

जर्मन युनियनको आग्रह : स्वदेशी लडाकू जेट विकास गर्नुपर्ने

एजेन्सी– फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले संयुक्त युरोपेली युद्धक विमान परियोजनामा

धेरैपछि नेपाली फिल्मको व्यापार पाँच करोड नजिक

काठमाडौं – धेरैपछि नेपाली फिल्मको व्यापार पाँच करोड नजिक पुगेको

यस्तो छ बागलुङ–१ को चुनावी गणित

गण्डकी– यसपालिको चुनावमा बागलुङ–१ को चर्चा र चासो तुलनात्मक रूपमा

बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

खोटाङ– टाङको जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङमा विवाह भोज खाएका बेहुला–बेहुलीसहित सबै