महानगरको पूर्वाधार एम्बुलेन्स डेमो योजनामै सीमित  « Khabarhub

महानगरको पूर्वाधार एम्बुलेन्स डेमो योजनामै सीमित 

एकवर्ष पनि राम्रोसँग चलेन 


१५ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  देशको राजधानी काठमाडौंका सडकमा असङ्ख्य खाल्डाखुल्डी छिचोल्दै गन्तव्यसम्म पुग्नुपर्ने सवारी चालकको नियति छ । काठमाडौंका सडकमा चालकले जोखिम मोलेरै यात्रा गर्दै आइरहेका छन् ।

यो नियतिलाई बदल्ने उद्देश्यसहित काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) ले पदभार ग्रहण गरेको पहिलो बैठकमै पूर्वाधार एम्बुलेन्सको अवधारणा सुनाएका थिए । महानगर मातहतका सडक थप सुरक्षित र व्यवस्थित बनाउन भन्दै उनले गरेको प्रस्ताव २०७९ जेठ १६ गते बसेको महानगरको बैठकबाट पास पनि भयो ।

यस अनुसार महानगरले असारदेखि नै दुई वटा निर्माण सामाग्री बोकेका एम्बुलेन्स सडकमा कुदाउन थाल्यो । एम्बुलेन्सले जन गुनासो आउने बित्तिकै सडकको खाल्डाखुल्डी पुर्ने तथा ठाउँ ठाउँमा फुटेका ढल लगायत पूर्वाधारको आकस्मिक मर्मत सम्भार गर्ने बताइएको थियो ।

तर १० करोड रुपैँया बजेट छुट्टाएर सुरु गरिएको पूर्वाधार एम्बुलेन्स प्रभावकारी हुन भने सकेन । अन्ततः कम खर्चमा तुरुन्त मर्मतको लाभ हुनेगरी ल्याइएको महानगरको यो घोषणा डेमो योजनाकै रुपमा सीमित हुन पुग्यो ।

यसबारे महानगरका प्रवक्ता नवीन मानन्धरलाई प्रश्न गर्दा उनी भन्छन्, ‘अहिले पूर्वाधार एम्बुलेन्स नै भनेर काम गरेको अवस्था छैन । एम्बुलेन्समार्फत काम गर्दा सार्वजनिक खरिद ऐनले तोकेको बजेट सिमाले अप्ठ्यारो पार्‍यो । हामीले वर्षभरी १० लाख रुपैयाँ बराबर मात्रै खर्च गर्न सक्ने अवस्था बन्यो । जुन अपर्याप्त भयो ।’

यतिबेला महानगरले ठेक्का प्रक्रियामार्फत जनगुनासो आएको आधारमा सडकका ढल र खाल्डाखुल्डी मर्मत गरिरहेको उनको भनाइ छ ।

‘यतिबेला महानगर भरीका सडक मर्मतको काम ठेक्का प्रक्रियामार्फत हामीहरूले नै गरेका छौँ । वडालाई दिँदा सबैतिर हेर्न नमिल्ने हुन्छ त्यसैले महानगरमा गुनासो आउने बित्तिकै प्याचअपका लागि पुग्ने गरेको छ ।’ उनले भने ।

प्रारम्भीक चरणमा प्रशंसा कमाएको यस योजनालाई निरन्तरता दिन महानगरले सरोकारवाला सबै निकायसँग समन्वय गर्ने बतायो । 

२०८० भदौ ६ गते महानगरमै सम्पर्क कार्यालय रहनेगरी एकीकृत विकास साझेदारबीच सहकार्य गर्ने निर्णय भयो । तर आफ्नै निर्णय कार्यान्वयनमा महानगर फितलो देखियो । २ वर्ष बितिसक्दा पनि सो निर्णय कार्यान्वयनमा आएको छैन । 

उक्त कार्यालयमा सडक विभाग, उपत्यका ट्राफिक प्रहरी, काठमाडौं उपत्यका खानेपानी लिमिटेड र खानेपानी तथा ढल व्यवस्थापन विभाग लगायतका निकाय प्रतिनिधि हुने भनिएको थियो ।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  ११ : ४९ बजे

विपद् प्रतिकार्यसम्बन्धी कार्ययोजना अनुमोदन

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले विपद् व्यवस्थापनलाई थप

गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं- आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको न्यायको माग

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पीडितले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको

प्रेम र गणेशको शरीरमा सल्किएको आगो निभ्यो, निभेन प्रश्न

काठमाडौं- पटक पटक सरकार फेरिए । प्रधानमन्त्री फेरिए । सत्ता

न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा, रक्षा र व्यापार सहकार्य विस्तार गर्ने सहमति

अकल्यान्ड- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ऐतिहासिक न्युजिल्यान्ड भ्रमणका क्रममा दुवै देशले