कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, १५औँ महाधिवेशनको प्रस्ताव पेस गर्ने तयारी « Khabarhub

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, १५औँ महाधिवेशनको प्रस्ताव पेस गर्ने तयारी


१५ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । पटक पटक स्थगित हुँदै आएको बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

आजको बैठकमा कार्यबाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको १५औँ महाधिवेशनको कार्यतालिकासम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने तयारी छ ।

सभापति शेरबहादुर देउवाको निर्देशनअनुसार कार्यवाहक सभापति खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता शेखर कोइराला, रमेश लेखक लगायतको छलफलपछि महाधिवेशन कार्यतालिका ल्याउने तयारी भएको हो ।

सभापति देउवासँगको छलफलपछि आगामी पुस २७ देखि ३० सम्म महाधिवेशन गर्ने गरी तालिका ल्याउने र तत्काल प्रक्रिया सुरु गर्ने निष्कर्ष निकालिएको हो ।

कार्यतालिकालाई अन्तिम रुप दिन कार्यबाहक सभापति खड्काले महामन्त्रीद्वयलगाय नेताहरुसँग थप छलफल गर्दैछन्  ।
पार्टी महाधिवेशन आगामी फागुन २१ को निर्वाचन अघि कि पछि भन्ने विवादले गत असोज २८ गते सुरु भएको केन्द्रीय समिति बैठक टुंगोमा पुग्न सकेको छैन ।

कांग्रेसमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्दै गत असोज २९ गते हस्ताक्षर बुझाएका थिए । विधानअनुसार हस्ताक्षर बुझाएको तीन महिनाभित्र विशेष महाधिवेशन गर्नुपर्ने प्रावधान छ ।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  ८ : ३६ बजे

दलहरूलाई रेखाको चुनौती, ‘जेन–जीका माग सम्बोधन गर्ने घोषणापत्र छ ?

काठमाडौं – नायिका तथा नेतृ रेखा थापाले सार्वजनिक रूपमा दलहरूमाथि

स्वास्थ्य बीमा सेवामा अनावश्यक रिफर गर्ने संस्थालाई कारबाही गर्ने बोर्डको चेतावनी 

काठमाडौं– नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य बीमा बोर्डले

धनुषा पुगेर सभापति थापाको आह्वान, ‘अबको पाँच वर्ष कांग्रेसलाई सरकार चलाउन दिनुस्’

धनुषा– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नयाँ सोच र दृष्टिसहित

कम्युनिष्ट एकताबाट प्रचण्ड भाग्दैछन् : विप्लव

काठमाडौं– नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द विप्लवले कम्युनिष्ट एकताबाट आफूहरू

भोजपुरको हसनपुरबाट ८२६ किलो गाँजा बोकेको ट्रयाक्टरसहित नौजना पक्राउ

भोजपुर- भोजपुरको हतुवागढी गाउँपालिका-९ मचुवास्थितबाट ८२६ किलो ६६० ग्राम लागु