आईईएसएफ विश्व स्पोर्ट्स च्याम्पियनसिप खेल्ने नेपाली टिमको बिदाई « Khabarhub

आईईएसएफ विश्व स्पोर्ट्स च्याम्पियनसिप खेल्ने नेपाली टिमको बिदाई


१५ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेपालले आईईएसएफ विश्व ईस्पोट्र्स च्याम्पियनसीप २०२५ मोबाइल लेजेन्ड् : ब्याङ ब्याङ (एमएलबीबी)मा सहभागिता जनाउने भएको छ । सो प्रतियोगिता डिसेम्बर ३ देखि ७ तारिखसम्म मलेसियाको क्वालालम्पुरमा हुँदैछ ।

नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठले आइतबार मलेसिया जाने इस्पोर्ट्स टिमलाई विदाइ गरे । एनओसी अध्यक्ष श्रेष्ठले इस्पोर्ट्सका खेलाडी तथा पदाधिकारीलाई शुभकामना र प्रोत्साहन दिए।

उनले भने– यो टिमले अन्तर्राष्ट्रिय मञ्चमा बलियो प्रदर्शन गरी राष्ट्रको गौरव बढाउने आशा गरेको छु । अध्यक्ष श्रेष्ठले विश्वव्यापीरुपमै इस्पोर्ट्स तीब्र गतिमा लोकप्रिय भइरहेको भन्दै एनओसीले इ स्पोर्ट्सले खेलका साथै युवा प्रतिभाशाली खेलाडीहरुलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।
आईईएसएफ विश्व स्पोट्र्समा नेपालले महिला र पुरुष दुवै विधामा सहभागिता जनाउनेछ ।

पुरुष टिममा विकास तामाङ, किशोर गुरुङ, आयुष भण्डारी, आयुष राई र अभिषेक वाइबा रहेका छन् । प्रशिक्षकमा म्याथ्यू ह्वी योङ तान हुन्।  महिला एमएलबीबीमा रुशु तामाङ, प्रकृति तामाङ, स्नेहा राई, एक्सा माबो र दुर्सन राईले प्रतिस्पर्धा गर्नेछन् । 

महिला टोलीको प्रशिक्षकमा सुमित श्रेष्ठ हुन्। यसैगरी नेपाल इस्पोर्ट्स संघका अध्यक्ष सुरज डङ्गोल पनि मलेसिया जानेछन् ,

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  २ : ३३ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु