चीनद्वारा नयाँ ‘शिजियान–२८’ उपग्रह सफलतापूर्वक प्रक्षेपण « Khabarhub

चीनद्वारा नयाँ ‘शिजियान–२८’ उपग्रह सफलतापूर्वक प्रक्षेपण


१५ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– दक्षिण चीनको हैनान प्रान्तस्थित वेनचाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट चीनले आइतबार नयाँ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ।

लङ मार्च–७  रकेटले ‘शिजियान–२८  उपग्रह’ बोकेर सन् २०२५ नोभेम्बर ३० का दिन साँझ ८:२० बजे (बेइजिङ समय) प्रक्षेपण गरिएको हो।

‘शिजियान–२८ उपग्रहु चीनद्वारा विकसित गरिएको एक प्रायोगिक तथा प्राविधिक परीक्षण गर्ने प्रकारको उपग्रह हो, जसको मुख्य उद्देश्य नयाँ अन्तरिक्ष प्रविधि, उपकरण, सञ्चार प्रणाली र वैज्ञानिक उपकरणहरूको कार्यक्षमता जाँच्ने तथा सुधार गर्ने हो। 

यस उपग्रहलाई उन्नत परीक्षण प्लेटफर्मका रूपमा प्रयोग गरिन्छ, जहाँ भविष्यका ठूला अन्तरिक्ष परियोजनामा आवश्यक तकनीकहरू (जस्तै उर्जाको दक्षता, डाटा सञ्चार र सेन्सरहरूको कार्य परीक्षण गरिन्छ।)

उपग्रहले प्रक्षेपणपछि आफ्नो पूर्वनिर्धारित कक्षा सफलतापूर्वक प्राप्त गरेको चीनले जानकारी दिएको छ। यससँगै लङ मार्च श्रृंखलाका वाहक रकेटको यो ६११औँ उडान मिसन भएको पनि सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  ६ : ०६ बजे

नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय