चुनावअघि महाधिवेशन हुनुपर्छ भन्ने कांग्रेससंस्थापननिकट केन्द्रीय सदस्यले गरे नियमित तालिकाको स्वागत « Khabarhub

चुनावअघि महाधिवेशन हुनुपर्छ भन्ने कांग्रेससंस्थापननिकट केन्द्रीय सदस्यले गरे नियमित तालिकाको स्वागत


१५ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चुनावअघि नै महाधिवेशन हुनुपर्ने भन्दै अभियान चलाएका कांग्रेस संस्थापननिकट नेताहरूले पुस २६ देखि २८ मा गर्ने गरी सार्वजनिक भएको नियमित महाधिवेशनको कार्यतालिकाको स्वागत गरेका छन्। सोमबार वक्तव्य जारी गर्दै उनीहरूले नियमित महाधिवेशनलाई सफल पार्न समेत आह्वान गरेका हुन्।

‘पार्टीको सर्वसम्मत निर्णयका लागि निरन्तर रूपमा गरिएका प्रयासप्रति हामी कृतज्ञ छौँ,’ उनीहरूले भनेका छन्, ‘अब प्रतिनिधि सभा निर्वाचन र १५औँ महाधिवेशनलाई लक्षित गरेर सिङ्गो संगठन एकजुट भई अभियानका रूपमा अघि बढ्न आवश्यक छ।’

वक्तव्य –

मिति २०८२/०८/१५ गते नेपाली काँग्रेसका कार्यवहाक सभापति पूर्णबहादुर खड्काज्यूको अध्यक्षतामा बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकबाट देश विदेशमा रहनुभएका पार्टीका सबै तहका नेता–कार्यकर्ताहरूको भावना र अपेक्षालाई समुचित रूपमा सम्बोधन हुनेगरी नेपाली काँग्रेसको १५औँ महाधिवेशन आगामी २०८२ पौष २६, २७ र २८ गते सम्पन्न गर्ने सर्वसम्मत निर्णय भएको छ। उक्त निर्णयलाइ हामी हार्दिक स्वागत गर्दछौँ ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सम्बन्धमा व्यक्त भएका विभिन्न मत, विचार तथा धारणा समेटी सर्वसम्मत वातावरण निर्माण गर्न पार्टी सभापति आदरणीय शेरबहादुर देउवा ज्युको पहल तथा अग्रसरतामा, कार्यवहाक सभापति सहित पदाधिकारीहरू तथा केन्द्रीय सदस्यहरूले चरणबद्ध रूपमा गरेका प्रयास प्रशंसनीय छन् ।

यसै क्रममा, हामीबाट पार्टीको सर्वसम्मत निर्णयका लागि निरन्तर रूपमा गरिएको प्रयत्नस्वरूप निर्वाचनअघि नै पन्ध्रौँ महाधिवेशन सम्पन्न गर्नेगरी प्रस्तुत गरिएको कार्यतालिकाप्रति आदरणीय सभापति, कार्यवहाक सभापति, सबै पदाधिकारीहरू , सिङ्गो केन्द्रीय समिति, तथा सबै तहका नेता कार्यकर्ता एवं शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौँ ।

यसै सन्दर्भमा, आउँदो प्रतिनिधिसभा निर्वाचनलाई परिणाममुखी बनाउन तथा पार्टीको १५औँ महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्ने साझा उद्देश्यलाई सुदृढ गर्न देश विदेशमा रहेका सम्पूर्ण नेता कार्यकर्ता एकताबद्ध भई उत्साहपूर्वक अभियानका रूपमा अगाडि बढ्न हार्दिक अपील गर्दछौँ।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  ९ : ४० बजे

मुग्लिन-नारायणगढ सडकखण्डको १५ किलोमा पहिरो, यातायात एकतर्फी

चितवन – मुग्लिन-नारायणगढ सडकखण्डको १५ किलो नजिकै माथिबाट लेदो खसेपछि

भन्सार छलेर ल्याइएका स्कुटर नियन्त्रणमा

वीरगन्ज – भन्सार छलेर ल्याइएका १० वटा विद्युतीय स्कुटर नियन्त्रणमा

वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने

भक्तपुर – मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी ३९ वर्षीय वीरेन्द्रभक्त गजू

कर्णाली प्रदेशका पूर्वकानुनमन्त्री शाहीको निधन

कर्णाली – कर्णाली प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर

भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन

काठमाडौँ – भोटेकोशी बाढीपछि सुस्ताएको नेपालको पर्यटन क्षेत्र क्रमशः लयमा