चुनावअघि महाधिवेशन हुनुपर्छ भन्ने कांग्रेससंस्थापननिकट केन्द्रीय सदस्यले गरे नियमित तालिकाको स्वागत « Khabarhub

चुनावअघि महाधिवेशन हुनुपर्छ भन्ने कांग्रेससंस्थापननिकट केन्द्रीय सदस्यले गरे नियमित तालिकाको स्वागत


१५ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चुनावअघि नै महाधिवेशन हुनुपर्ने भन्दै अभियान चलाएका कांग्रेस संस्थापननिकट नेताहरूले पुस २६ देखि २८ मा गर्ने गरी सार्वजनिक भएको नियमित महाधिवेशनको कार्यतालिकाको स्वागत गरेका छन्। सोमबार वक्तव्य जारी गर्दै उनीहरूले नियमित महाधिवेशनलाई सफल पार्न समेत आह्वान गरेका हुन्।

‘पार्टीको सर्वसम्मत निर्णयका लागि निरन्तर रूपमा गरिएका प्रयासप्रति हामी कृतज्ञ छौँ,’ उनीहरूले भनेका छन्, ‘अब प्रतिनिधि सभा निर्वाचन र १५औँ महाधिवेशनलाई लक्षित गरेर सिङ्गो संगठन एकजुट भई अभियानका रूपमा अघि बढ्न आवश्यक छ।’

वक्तव्य –

मिति २०८२/०८/१५ गते नेपाली काँग्रेसका कार्यवहाक सभापति पूर्णबहादुर खड्काज्यूको अध्यक्षतामा बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकबाट देश विदेशमा रहनुभएका पार्टीका सबै तहका नेता–कार्यकर्ताहरूको भावना र अपेक्षालाई समुचित रूपमा सम्बोधन हुनेगरी नेपाली काँग्रेसको १५औँ महाधिवेशन आगामी २०८२ पौष २६, २७ र २८ गते सम्पन्न गर्ने सर्वसम्मत निर्णय भएको छ। उक्त निर्णयलाइ हामी हार्दिक स्वागत गर्दछौँ ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सम्बन्धमा व्यक्त भएका विभिन्न मत, विचार तथा धारणा समेटी सर्वसम्मत वातावरण निर्माण गर्न पार्टी सभापति आदरणीय शेरबहादुर देउवा ज्युको पहल तथा अग्रसरतामा, कार्यवहाक सभापति सहित पदाधिकारीहरू तथा केन्द्रीय सदस्यहरूले चरणबद्ध रूपमा गरेका प्रयास प्रशंसनीय छन् ।

यसै क्रममा, हामीबाट पार्टीको सर्वसम्मत निर्णयका लागि निरन्तर रूपमा गरिएको प्रयत्नस्वरूप निर्वाचनअघि नै पन्ध्रौँ महाधिवेशन सम्पन्न गर्नेगरी प्रस्तुत गरिएको कार्यतालिकाप्रति आदरणीय सभापति, कार्यवहाक सभापति, सबै पदाधिकारीहरू , सिङ्गो केन्द्रीय समिति, तथा सबै तहका नेता कार्यकर्ता एवं शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौँ ।

यसै सन्दर्भमा, आउँदो प्रतिनिधिसभा निर्वाचनलाई परिणाममुखी बनाउन तथा पार्टीको १५औँ महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्ने साझा उद्देश्यलाई सुदृढ गर्न देश विदेशमा रहेका सम्पूर्ण नेता कार्यकर्ता एकताबद्ध भई उत्साहपूर्वक अभियानका रूपमा अगाडि बढ्न हार्दिक अपील गर्दछौँ।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  ९ : ४० बजे

पूर्णबहादुरले बोल्न नदिएपछि गगनले दर्ता गराएका थिए अतिरिक्त धारणा

काठमाडौँ- गगन थापाले कांग्रेस केन्द्रीय समितिले निर्णय गरेअनुसार पुस २६–२८

मर्मतपछि एमालेको केन्द्रीय कार्यालयबाट नियमित काम सुरु

काठमाडौँ- नेकपा (एमाले) ले पुरानै ललितपुर, च्यासलस्थित केन्द्रीय कार्यालयबाट पार्टीको

पोखरामा बुधबारदेखि राष्ट्रिय औद्योगिक व्यापार र सूचना प्रविधि मेला

कास्की – पोखरामा यही बुधबारदेखि राष्ट्रिय औद्योगिक व्यापार र सूचना

कमला नदीमा अस्थायी ‘डाइभर्सन’ बनाइँदै

सिरहा – हुलाकी सडकअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीमा

जेनजी आन्दोलनमा लुटिएका हतियारसहित तीनजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा लुटिएका हतियारसहित तीनजनालाई