पूर्णबहादुरले बोल्न नदिएपछि गगनले दर्ता गराएका थिए अतिरिक्त धारणा « Khabarhub

पूर्णबहादुरले बोल्न नदिएपछि गगनले दर्ता गराएका थिए अतिरिक्त धारणा


१५ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गगन थापाले कांग्रेस केन्द्रीय समितिले निर्णय गरेअनुसार पुस २६–२८ गतेसम्मका लागि तय भएको महाधिवेशन नभए स्वतः विशेष महाधिवेशन हुने बताएका छन्।

पुस २६–२८ मा १५ औँ महाधिवेशन गर्ने निर्णय गर्न डेढ महिना लगाएपछि महामन्त्री थापाले कार्यतालिकाबारे लिखित रूपमा आफ्नो अतिरिक्त धारणा दर्ता गराएका हुन्।

थापाले कार्यतालिका सफल कार्यान्वयनका लागि सहयोग रहने बताए पनि यदि कुनै कारणले पुसभित्र नियमित महाधिवेशन सम्भव नदेखिए तुरुन्तै विशेष महाधिवेशनको तयारी गर्नुपर्ने उल्लेख गरेका छन्। उनका अनुसार आम निर्वाचनअघि नै अधिवेशन सकिनु पार्टीको सर्वोच्च हित भएकाले त्यसको विकल्प छैन।

भदौको जेनजी आन्दोलनपछि नेतृत्व परिवर्तनको बहस चुलिएको कांग्रेसभित्र विशेष महाधिवेशन माग गर्दै प्रतिनिधिहरूले हस्ताक्षर बुझाएका थिए। महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्मा हस्ताक्षर फिर्ता नहुने अडानमा रहेपछि संस्थापन पक्ष कार्यतालिका ल्याउन बाध्य बन्यो।

सोमबारको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नियमित महाधिवेशनको तालिका ल्याएपछि त्यसमाथि आफ्नो धारणा राख्न थापाले समय माग गरेका थिए। तर खड्काले उनलाई समय दिएनन्।

‘तपाईंले बोलेपछि फेरि बहस दोहोरिन्छ। अहिले यसबारे छलफल आवश्यक छैन’ खड्काले थापालाई भने। त्यसपछि थापाले अतिरिक्त प्रस्ताव समितिमा दर्ता गराएका हुन्।

‘यो कार्यतालिका सफलतापूर्वक कार्यान्वयन गर्न इमानदारीपूर्वक काम गर्नेछु। यही होस् भन्ने कामना गर्दछु,’ थापाको अतिरिक्त प्रस्तावमा उल्लेख छ, ‘कथमकदाचित पुसभित्र कार्यतालिका बमोजिम १५ औं अधिवेशन कुनै कारण वा नियतले नहुने देखिन आएमा हामीले पुस अन्तसम्म कुरिरहनुपर्दैन, पुसको उपयुक्त समयमै निर्णय गरेर विशेष महाधिवेशन गर्नेतर्फ लाग्नुपर्छ। किनकी उक्त अवस्थामा पार्टीको बृहत्तर हितका लागि आम निर्वाचनभन्दा अगाडि अधिवेशन सम्पन्न गर्नुपर्ने भएकाले योभन्दा अर्को विकल्प पार्टीलाई उपलब्ध हुने छैन।’

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  ११ : ०७ बजे

भक्तपुरका किरण थापा मगर : वडाध्यक्षदेखि मुख्यमन्त्रीसम्म

मकवानपुर– बागमती प्रदेश सरकारमा बिहीबारमात्रै सातौँ मुख्यमन्त्रीका रूपमा नियुक्त भएका

काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा गत साउनमा ७४ आपराधिक घटना दर्ता भएका छन्।

बकुलहर रत्ननगर अस्पतालमा बिरामीको चाप बढ्दो

चितवन– पूर्वी चितवनमा रहेको बकुलहर रत्ननगर अस्पतालमा सेवाग्राहीको चाप बढ्दै

उत्कृष्ट अस्पतालअघिको ‘बिरामी’ सडक (तस्बिरहरू)

चितवन- चितवनको भरतपुरलाई नेपालको मेडिकल हबका रूपमा चिनिन्छ। यहाँको भरतपुर अस्पताल

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

भद्रपुर– वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट मृत्यु