एक वर्षमा साढे एघार लाख विदेशी पर्यटक नेपाल भित्रिए « Khabarhub

एक वर्षमा साढे एघार लाख विदेशी पर्यटक नेपाल भित्रिए


१८ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सन् २०२४ मा साढे ११ लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार गत वर्षको जनवरीदेखि डिसेम्बर महिनासम्म ११ लाख ४७ हजार पाँच सय ६७ पर्यटक नेपाल भ्रमणमा आएका हुन् ।

बोर्डका निर्देशक मरिणराज लामिछानेका अनुसार सन् २०२३ को तुलनामा सन् २०२४ मा १४ प्रतिशतभन्दा बढी पर्यटक आगमन बढेको छ । सन् २०२३ मा १० लाख १४ हजार आठ सय ७१ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । बोर्डले सन् २०२४ मा कोरोना महामारीपूर्व सन् २०१९ मा आएका पर्यटकभन्दा बढी आउने अनुमान गरेको थियो । सन् २०१९ मा ११ लाख ९७ हजार एक सय ९१ विदेशी पर्यटक नेपाल आएका थिए ।

विदेशी पर्यटक आगमनको यो आँकडाले कोभिड–१९ महामारी ९कोरोना भाइरस० का कारण शिथिल भएको मुलुकको पर्यटन क्षेत्र लयमा फर्किएको छ । कोरोनाले तीन वर्ष विदेशी पर्यटक आगमन खुम्चियो । सन् २०२० देखि २०२२ सम्म पर्यटक आगमन ह्वात्तै घट्यो ।

उल्लेखित आँकडाले एसिया प्यासिफिक क्षेत्रको भन्दा नेपालको पर्यटन पुनरुत्थान माथि रहेको बोर्डका निर्देशक लामिछानेको भनाइ छ । संयुक्त राष्ट्रसङ्घ विश्व पर्यटन सङ्गठन (युएनडब्लुटिओ) को ६ महिनाको आँकडाअनुसार विश्वव्यापी रुपमा ९६ प्रतिशतले नेपालको पर्यटन पुनरुत्थान भएको छ । उक्त अवधिमा विश्वव्यापी ९३ प्रतिशत पर्यटन पुनरुत्थान भएको जनाइएको छ ।

निर्देशक लामिछानेका अनुसार पर्यटक आगमन सुधार हुनुमा बोर्डले बजारीकरणलाई तीव्रता दिएको तथा नेपालमै पहिलोपटक आयोजना भएको नेपाल प्रिमियर लिग (एनपीएल) आयोजना, बुद्धिष्ट सम्मेलनका दौरानमा भएका आठ सयभन्दा बढी चार्टड उडान, अन्तर्राष्ट्रिय बेलुन फेष्टिबल चिनियाँ ड्रागन फेस्टिबलका साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा भएका पर्यटन उत्सव, मेला र प्रदर्शनी रहेको छ । विदेशी पर्यटक आगमन बढाउन बोर्डले क्षेत्रीय पर्यटन प्रवद्र्धनलाइ प्राथमिकतामा राखेको बोर्डले उल्लेख गरेको छ ।

कुन महिनामा कति पर्यटक
मार्च महिनामा सबैभन्दा बढी एक लाख २८ हजार एक सय ६७ पर्यटक नेपाल आएका थिए भने सबैभन्दा कम जुलाईमा ६४ हजार पाँच सय ९९ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

यस्तै, गत जनवरीमा जनवरीमा ७९ हजार एक सय, फेब्रुअरीमा ९७ हजार चार सय २६, अप्रिलमा एक लाख ११ हजार तीन हजार ७६, मेमा ९० हजार दुई सय ११, जुनमा ७६ हजार सात सय ३६ र अगस्टमा ७२ हजार सात सय १९ पर्यटक नेपाल आएका थिए ।

यस्तै, सेप्टेम्बरमा ९६ हजार तीन सय पाँच, अक्टोबरमा एक लाख २४ हजार तीन सय ९३, नोभेम्बरमा एक लाख १४ हजार पाँच सय एक र डिसेम्बरमा ८९ हजार सात सय ६५ पर्यटक नेपाल आएका थिए ।

प्रकाशित मिति : १८ पुस २०८१, बिहीबार  १० : ५९ बजे

जेन-जी अगुवा मिराज ढुंगानाको कार्यालयमा आक्रमणः केही सदस्यमाथि हातपात

काठमाडौं – जेन-जी अगुवा मिराज ढुंगानाको कार्यालयमा आक्रमण भएको छ

कान्तिलोकपथको स्थलगत निरीक्षणमा मन्त्री घिसिङ

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान

दललाई जनतामा जान रोकेर निर्वाचन हुँदैन : डा. महत

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले दलहरूलाई जनतामा जान

सरकार र निजी क्षेत्र किंकर्तव्यविमूढ हुँदा विप्रेषणको सदुपयोग हुन सकेन, तरलता बढ्यो

काठमाडौं– केन्द्रीय बैंकको तथ्यांकअनुसार असोज मसान्तसम्म नेपालमा विदेशी मुद्राको सञ्चिति

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, १५औँ महाधिवेशनबारे छलफल हुने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक