आज नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्दै नेपाल « Khabarhub

त्रिदेशीय महिला टी-२०

आज नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्दै नेपाल


२० माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – त्रिदेशीय महिला टी-२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खला अन्तर्गत आज नेपालले नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा यो खेल दिउँसो १२:१५ बजे सुरु हुनेछ। बिहीबार सुरु भएको प्रतियोगितामा दुई खेल खेलिसकेको नेपाल अंकबिहीन छ।

उद्घाटन खेलमा नेरदल्याण्डसँग २० रनले पराजित भएको नेपाल दोस्रो खेलमा शनिबार थाइल्याण्डसँग चार विकेटले पराजित भयो। नेपाल आज घरेलु मैदानमा पहिलो जितको खोजीमा हुनेछ।

तीन खेल खेलिसक्दा दुई खेल जितेको थाइल्याण्ड चार अंकसहित शीर्ष स्थानमा छ भने नेदरल्याण्डले दुई अंक जोडेको छ।

बिहीबार भएको पहिलो खेलमा टस जितेर नेदरल्याण्ड्सलाई सुरुमा ब्याटिङको निम्तो दिएको नेपालले पाएको १५८ रनको लक्ष्य भेट्न नसक्दा घरेलु मैदानमा पराजय भोगेको थियो। पूरै २० ओभर खेलको नेपालले सात विकेटको क्षतिमा १३७ रन मात्र बनाउन सकेको थियो।

दोस्रो खेलमा सुरुमा ब्याटिङ गरेको नेपालले थाइल्याण्डलाई मात्र १०२ रनको लक्ष्य दिएको थियो। मध्यम लक्ष्य थाइल्याण्डले ६ बल बाँकी हुँदा ६ विकेटको क्षतिमा भेट्टाएको हो।

आईसीसीको वरीयतामा नेदरल्याण्ड्स १६ औँ र नेपाल २० औँ स्थानमा छन् भने थाइल्याण्ड १३ औँ स्थानमा छ।

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  ९ : १७ बजे

लालपुर्जा राजनीतिक आश्वासन होइन, भूमिहीनको अधिकार हो : मन्त्री रावल

नारायणगढ– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

लुम्बिनीले जित्यो टस, पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस

‘खेलकुद राष्ट्रको आत्मविश्वास, युवाको सम्भावना र पहिचानको माध्यम हो’

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले खेलकुद मनोरञ्जनमा मात्र सीमित

एनपीएलको उद्घाटनका लागि खेलकुदमन्त्री पोखरेल टीयू मैदानमा

काठमाडौं- खेलकुदमन्त्री सस्मित पोखरेल तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको

सीमामा जब ‘अल्फा’ ले नियमित जाँच सुरु गर्‍यो…

महेन्द्रनगर– सशस्त्र प्रहरी बल नेपालले सुदूरपश्चिममा पहिलो पटक पश्चिमी नाका