न्यायाधीशलाई ‘झोले’ भनेपछि प्रभु साहविरुद्ध अवहेलना मुद्दा « Khabarhub

न्यायाधीशलाई ‘झोले’ भनेपछि प्रभु साहविरुद्ध अवहेलना मुद्दा


२० माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


645
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जिल्ला अदालत रौतहटका न्यायाधीशहरूलाई सामाजिक सञ्जालमा ‘झोले’ भनेपछि आमजनता पार्टीका अध्यक्ष प्रभु साहविरुद्ध अवहेलना मुद्दा दायर भएको छ।

रौतहट क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य साहले तीन साताअघि फेसबुकमा ‘रौतहट जिल्ला अदालतका झोले न्यायाधीश’ हुन् भनेर लेखेका थिए ।

आजपा अध्यक्ष साह र महासचिव त्रिभुवन साहविरुद्ध गत शुक्रबार मुद्दा दर्ता भएको हो । साहले गत २९ पुसमा जिल्ला अदालत रौतहटका न्यायाधीशहरूप्रति आक्रोशपूर्ण अभिव्यक्ति दिएका थिए ।

‘नेताहरूको झोले न्यायाधीशले रौतहट बदनाम एवम् अस्तव्यस्त भयो’, उनले लेखेका थिए, ‘बेइमान एवम् अयोग्य न्यायाधीशहरूलाई छानबिनको दायरामा ल्याउन म सम्मानीय प्रधानन्यायाधीशज्यूको विशेष ध्यानाकर्षण गराउँछु ।’

त्यही प्रकरणमा साहविरुद्ध मुद्दा परेको हो । साहले अदालतको अपमान गरेको भन्दै रौतहटकै बौधिमाई नगरपालिकाका मेयर प्रदीपकुमार यादवले गत शुक्रबार मुद्दा दर्ता गराएको खुलेको छ।

यो मुद्दामा आइतबार न्यायाधीश शम्भुप्रसाद रेग्मीको इजलासमा सुनुवाइ भइरहेको छ । यो मुद्दाको सुनुवाइ सकेर न्यायाधीश रेग्मीले आइतबार नै आदेश दिन सक्नेछन् ।

महासचिव साहविरुद्ध अदालत परिसरमा ज्यान मार्ने धम्की दिएको आरोप पनि लागेको छ । बाटो खाली गराउने क्रममा नगर प्रमुख यादवमाथि आक्रमण तथा अभद्र व्यवहार गर्ने गंगाराम बैठालाई पुर्पक्षका लागि थुना पठाउने आदेश भइसकेको छ। अदालतको आदेश नआउँदै महासचिव साहले आफूलाई अदालत परिसरमै ज्यान मार्ने धम्की दिएको नगर प्रमुखले यादवले बताएका छन् ।

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  १२ : ५६ बजे

बाढीका कारण क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालन

काठमाडौँ– भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा

बीपी कोइराला क्यान्सर अस्पतालका समस्या पहिचान गर्न सुधार समिति गठन

चितवन-  बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका समस्या पहिचान गरी सुधारका

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

महेन्द्रनगर– चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी,

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी