‘निजी क्षेत्र उत्साहित छ, अर्थतन्त्रका समस्या समाधान हुँदैछन्’ « Khabarhub

‘निजी क्षेत्र उत्साहित छ, अर्थतन्त्रका समस्या समाधान हुँदैछन्’


२० माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लामो समयदेखिको अर्थतन्त्रको समस्या समाधान हुने क्रममा रहेको बताएका छन् ।

महिला आर्थिक पत्रकार संघले आइतबार काठमाडौंमा आयोजना गरेको ‘अर्थतन्त्र : नीति र व्यवहार’ बिषयक छलफलमा पौडेलले लामो समयदेखिको समस्या तत्काल समाधान नहुने बताए ।

वर्तमान सरकार गठन भएपछि अर्थतन्त्रका समस्या समाधान हुने क्रममा रहेको दाबी उनले गरेका छन् ।

समस्या समधानका लागि सरकारले पोलिसी रिफर्ममा जोड दिएको पनि उनले बताए । मन्त्री पौडेलले पोलिसी रिफर्मका लागि नै सरकारले विभिन्न अध्यादेश ल्याएको जिकिर गरे ।

अध्यादेशका कारण अर्थतन्त्रको ८० प्रतिशत क्षेत्र ओगटेको निजी क्षेत्रको आत्मबल बढाउने काम गरेको उनले दाबी गरे ।पौडेलले नीजीले क्षेत्र उठाउँदै आएका माग सम्बोधन गर्ने गरी ६ वटा अध्यादेशबाट विभिन्न ऐन ल्याएको जिकिर गरे ।

उनले अध्यादेशबाट आएका कानुनलाई कार्यान्वयन गर्न सरकार गम्भीर रहेको उल्लेख गरे । त्यस्तै निर्माण व्यवसायीको भुक्तानीको सबै समस्या समाधान भइसकेको पनि उनले बताए ।

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  १ : ३२ बजे

स्पेसएक्सले युक्रेनमा स्टारलिंकको सेवामा गर्‍यो सीमितता, सैन्य ड्रोन अभियान प्रभावित

एजेन्सी– अमेरिकी अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्सले युक्रेनमा उपलब्ध गराउँदै आएको

कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं– कुमारी बैंक लिमिटेडको छब्बीसौं वार्षिक साधारण सभा बुधबार काठमाडौंको

लोकदोहोरीबाट कांग्रेसको केन्द्रीय नेतृत्वसम्म, रिता थापामगर बनिन् केन्द्रीय सदस्य

काठमाडौं– लोकदोहोरी गीतमार्फत दर्शक तथा श्रोतामाझ परिचित गायिका रिता थापामगर

सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल सरकारका विभिन्न निकायमा

मनसुन पूर्णरूपमा बाहिरियो, दसैँमा मौसम घमाइलो हुने पूर्वानुमान

काठमाडौँ– यस वर्षको मनसुन नेपालबाट पूर्णरूपमा बाहिरिएको छ । मौसम