राष्ट्रियसभा बैठक: दुई किशोरी मृत भेटिएको घटनाको अनुसन्धान गर्न माग « Khabarhub

राष्ट्रियसभा बैठक: दुई किशोरी मृत भेटिएको घटनाको अनुसन्धान गर्न माग


२० माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभा सदस्यहरूले आजको बैठकमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । साथै उनीहरूले अछामको ढकारी गाउँपालिकामा केही दिन अघि दुई किशोरी मृत फेला परेको घटनाको अनुसन्धान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । सभाको आजको बैठकको शून्य समयमा उनीहरूले घटनामा संलग्नलाई  कारबाही गर्न माग गरे ।

सांसद गङ्गाकुमारी बेल्बासेले अछामको ढकारी गाउँपालिकामा सरस्वती खड्का र ईश्वरी खड्काको हत्यामा संलग्नलाई कडा कानुनी कारबाही गर्न र आगामी दिनमा त्यस्ता घटना हुन नदिन सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद शारदादेवी भट्टले किशोरीको हत्यामा संलग्नलाई कडाभन्दा कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराइन्  । उनले महिला हिंसाका घटना न्यूनीकरण हुन नसक्नु तथा दिनप्रतिदिन महिला हत्याको घटना बढ्नु बिडम्बना भएको बताइन् ।

सांसद गोपीबहादुर सार्की अछामीले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा २२ वर्षीय दिनेश विक प्रेमिकालाई भेट्न जाँदा गाउँलेले कुटपिट गरेर हत्या गरेको घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरे  । 

सभाका अर्का सदस्य जगप्रसाद शर्माले स्वच्छ खानेपानी पाउने नागरिकको नैसर्गिक हक कार्यान्वयन गर्न खानेपानी वितरण प्रक्रियामा लाग्दै आएको विद्युत् महसुल मिनाहा गर्न सरकारको ध्यानाकर्षण गराए  ।
 
सांसद तारामान स्वाँर, मायाप्रसाद शर्मा र तुलसाकुमारी दाहालले सुदूरपश्चिम प्रदेशको राजधानी निर्माणका लागि सङ्घीय सरकारले ध्यान दिनुपर्ने, जाजरकोट भूकम्पबाट प्रभावितका आवास पुनःनिर्माणमा ढिलाइ हुन नहुने तथा संविधानको भावनाअनुसार कानुन निर्माण गर्न सङ्घीय संसद्को चालु अविधेशन केन्द्रित हुनुपर्नेमा जोड दिए  ।

राष्ट्रियसभाको बैठक जारी छ । 
 

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  २ : ०८ बजे

बाढीका कारण क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालन

काठमाडौँ– भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा

बीपी कोइराला क्यान्सर अस्पतालका समस्या पहिचान गर्न सुधार समिति गठन

चितवन-  बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका समस्या पहिचान गरी सुधारका

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

महेन्द्रनगर– चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी,

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी