बामदेव भन्छन्- कांग्रेस र कम्युनिष्ट पार्टीले खिचडी राजनीति गरिरहेका छन् « Khabarhub

बामदेव भन्छन्- कांग्रेस र कम्युनिष्ट पार्टीले खिचडी राजनीति गरिरहेका छन्


२० माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभा सदस्य बामदेव गौतमले कांग्रेस र कम्युनिष्ट पार्टीहरूले खिचडी राजनीति गरिरहेको टिप्पणी गरेका छन् ।  

आइतबार राष्ट्रियसभाको विशेष समयमा बोल्दै गौतमले सिद्धान्त फरक भएका कांग्रेस र कम्युनिष्ट पार्टीहरूले मिलेर चुनाव लड्ने र सरकार बनाउने काम गरेर खिचडी राजनीति गरिरहेको टिप्पणी गरेका हुन् । 

उनले मुलुकलाई खिचडी राजनीति नचाहिने भएकाले यसलाई बहिष्कार गर्नुपर्ने धारणा राखे । 

हरेक पार्टीले स्वतन्त्र ढंगले जनताको बिचमा जाने र त्यसका आधारमा संगठन निर्माण गरेर देखाउनुपर्ने उनको भनाइ छ ।

गौतमले अहिले अध्यादेश नै राजनीतिक माहौल बनेको तर आफू अध्यादेशको पक्ष वा विपक्षमा नरहेको जिकिर गरे । अध्यादेश जारी गर्दा विपक्षीलाई पनि विश्वासमा लिनु उचित हुने उनले बताए ।  

गौतमले राष्ट्रलाई लोकतन्त्रमा आधारित समृद्ध समाजवाद आवश्यक रहेको भन्दै यस दिशातर्फ सत्तापक्ष र प्रतिपक्ष कसैको ध्यान नरहेको धारणा राखे । 

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  २ : ५२ बजे

फराह खान निर्देशनमा फिर्ता, शाहरुखसँग नयाँ फिल्मको तयारी

काठमाडौं– बलिउडकी चर्चित निर्देशक तथा कोरियोग्राफर फराह खानले लामो समयपछि

रुकुमपूर्व : रुकुमकोट प्रहरी चौकी कब्जा गरेको क्षेत्र घुम्दै प्रचण्डले सुरु गरे घरदैलो अभियान

रुकुम पूर्व – हिजो पूर्वी रुकुमबाट मनोनयन दर्ता गराएका नेपाली

पर्वतको बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम

पर्वत– पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम सञ्चालन भएको

रातारात पार्टी फेरेर उम्मेदवार बनेका हुसेन टिकट खोसिएपछि भन्छन्- सक्नेले साथ दिन्छन् नसक्नेले पाठ

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल