सञ्चारमन्त्री गुरुङले गरे मर्स्याङ्दी गाउँपालिकाको भवन उद्घाटन « Khabarhub

सञ्चारमन्त्री गुरुङले गरे मर्स्याङ्दी गाउँपालिकाको भवन उद्घाटन


२० माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

लमजुङ– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मर्स्याङ्दी गाउँपालिकाको भवन उद्घाटन गरेका छन् । आज मर्स्याङ्दी–८ स्थित भुलभुलेमा एक कार्यक्रमकाबीच उनले नवनिर्मित गाउँपालिकाको भवन उद्घाटन गरेका हुन् ।

गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले भने, ‘२८ वटा कोठाको तीन तले भवन सम्पन्न भएसँगै जनतालाई सेवा प्रवाह गर्न सहज हुने भएको छ ।’ यसअघि साँघुरो ठाउँबाट सेवा दिनुपर्दा जनताले धेरै विविध दुःख समस्या भोगे पनि त्यो अब हट्ने उनको भनाइ छ । 

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अर्जुन चपाइले नवनिर्मित भवनमा अध्यक्ष र उपाध्यक्षको छुट्टाछुट्टै कार्यकक्षसहितको सचिवालय कक्ष, न्यायिक समितिको कार्यकक्ष, प्रशासकीय प्रमुखको कार्यकक्ष, पालिकाअन्तर्गतका सबै विषयगत शाखाका छुट्टाछुट्टै कार्यकक्ष रहेको बताए । 

गाउँपालिकाका अनुसार ठेकेदारले निर्धारित समयभन्दा करिब पाँच महिनाअघि भवन सम्पन्न गरेको छ । विसं २०८२ जेठ २३ गतेसम्म समयसीमा तोकिएको थियो । 

कूल आठ करोड ९७ लाख ९६ हजार चार सय ७१ रुपैयाँ लागत अनुमान तयार गरी ठेक्का प्रक्रिया अघि बढाइएकामा विसं २०८० जेठ २३ गते पाँच करोड ९७ लाख ६६ हजार सात सय चार रुपैयाँमा भवन निर्माणको सम्झौता गर्दै काम अगाडि बढेको थियो । 

गाउँपालिकाका अनुसार सङ्घीय सरकार र मर्स्याङ्दी गाउँपालिकाले ६०/४० लागत बेहोर्ने गरी भ्याटसहित पाँच करोड ९७ लाख ६६ हजार सात सय चार रुपैयाँमा भवन निर्माणका लागि सम्झौता गरिएको थियो । गाउँपालिकाको नयाँ भवन बनेसँगै स्थानीय खुसी भएका छन् ।
 

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  ३ : ४२ बजे

जवाफ थाहा भएका प्रश्नले किन पिरोल्छ ?

एकपटक नौ अङ्कले आठ अङ्कलाई थप्पड हान्यो । पीडा सहन

थाइल्यान्डसँग ५६ रनले पराजित हुँदै नेपाल प्रिमियर कपको क्वार्टरफाइनलबाटै बाहिरियो

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्वार्टरफाइनलमा थाइल्यान्डसँग

‘जान्नेलाई छान्ने’ नारा योग्यता होइन, भ्रष्टताको संस्थागत रूप हो : महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिका रूपमा

कांग्रेस संस्थापनको ‘सात बुँदे प्रस्ताव’ हल्ला मात्रै भएको शेखर सचिवालयको भनाइ

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सचिवालयले संस्थापन

‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम’ सम्पन्न

कर्णाली– मनसुनजन्य विपद्को सम्भावित जोखिम पूर्वानुमान, पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी ‘प्रथम