पाथीभरामा केबलकारविरुद्ध झापामा प्रदर्शन- झडपपछि हानियो अश्रुग्यास, तीनजना पक्राउ « Khabarhub

पाथीभरामा केबलकारविरुद्ध झापामा प्रदर्शन- झडपपछि हानियो अश्रुग्यास, तीनजना पक्राउ


२० माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

झापा- ताप्लेजुङस्थित मुक्कुम्लुङ संरक्षण तथा केबुलकार खारेजी अन्तरदलीय संघर्ष समितिको बन्दको पूर्वी नेपालमा आंशिक प्रभाव परेको छ ।

बन्दका क्रममा झापामा तनाव भएको छ। ताप्लेजुङस्थित पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकारको विरोधमा संघर्ष समितिले आइतबार र सोमबार झापासहित पूर्वका नौ जिल्ला बन्द आह्वान गरेको थियो ।

आइतबार दिउँसो पूर्व-पश्चिम राजमार्गअन्तर्गत दमक नगरपालिका-६ स्थित गणतन्त्र चोकमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन नेतृत्वको समूहसँग प्रहरीको झडप भएको हो ।

करिब सय हाराहारीका नेता-कार्यकर्ताले टायर बालेर सडक अवरोध गर्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिन खोज्दा ढुंगा हानेका थिए । त्यसपछि प्रहरीले अश्रुग्यासको सेल हानेको हो ।

प्रदर्शनकारीले ढुंगा हान्दा मे १ च ५१६१ नम्बरको स्कोरपियोसहित केही गाडी फुटेका छन् । इलाका प्रहरी कार्यालय दमकले केही बन्दकर्तालाई पक्राउ गरेको छ । बन्दकर्ता पक्राउ परेपछि अन्यले प्रदर्शन चर्काउँदा स्थिति तनावपूर्ण भएर झडपको अवस्था निम्तिएको हो । झडपका क्रममा अवस्था नियन्त्रणमा लिन प्रहरीले तीन सेल अश्रुग्यास हानेको छ ।

झापामा बन्द गराउँदै हिँड्ने तीनजनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले बताए ।

दमक नगरपालिका–६ स्थित आकाशे पुलमा भेला भएर बन्द गराउँदै हिँडने तीनजनालाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा पदम बेघासहित छन् । राजमार्गका गाडीको चाबी थुत्न खोज्दा उनीहरूलाई नियन्त्रणमा लिएको डीएसपी चन्दले बताए । आइतबार साढे ५ बजे मेची राजमार्गअन्तर्गत बुद्धशान्ति गाउँपालिका-४ मा बन्दकर्ता रुख ढालेर सडक अवरुद्ध गरेका थिए । अहिले अवरोध हटाएर यातायात सुचारु भइसकेका चन्दले बताए ।

समितिले ताप्लेजुङ,पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र संखुवासभा बन्द आह्वान गरेको छ । बन्दकर्ताले गत माघ १५ गतेदेखि मेची राजमार्गमा यातायात बन्द कायमै राखेका छन् ।

यसले जनजीवन प्रभावित भएको छ। पाथीभरा क्षेत्रमा केबलकार निर्माणकोमा प्रदर्शनमा उत्रिएका मुक्कुम्लुङ संरक्षण संर्घष समिति र प्रहरीबीच गत माघ १२ गते झडप हुँदा २४ जना बढी घाइते भएका थिए । त्यसक्रममा प्रहरीको गोली लागेर तीनजना प्रदर्शनकारी गम्भीर घाइते भएका थिए ।

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  ४ : २६ बजे

विश्वकपका रेफ्रीलाई अमेरिकाले प्रवेश रोकेकोमा सोमालियाको आपत्ति

मोगादिसु – सोमालियाको फुटबल महासंघले आफ्ना पुरस्कार विजेता रेफ्री ओमार

सुनचाँदीको मूल्यमा भारी गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा ठूलो गिरावट आएको छ। नेपाल

रास्वपाको चुनावी भिडियो विवाद: ‘हामी दिदी-भाइ हौँ, व्यक्तिगत सम्बन्धसँग जोड्नु निन्दनीय’

अर्घाखाँची – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीको जिल्ला अधिवेशनका क्रममा

जवाफ थाहा भएका प्रश्नले किन पिरोल्छ ?

एकपटक नौ अङ्कले आठ अङ्कलाई थप्पड हान्यो । पीडा सहन

थाइल्यान्डसँग ५६ रनले पराजित हुँदै नेपाल प्रिमियर कपको क्वार्टरफाइनलबाटै बाहिरियो

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्वार्टरफाइनलमा थाइल्यान्डसँग