पाथीभरामा केबलकारविरुद्ध झापामा प्रदर्शन- झडपपछि हानियो अश्रुग्यास, तीनजना पक्राउ | Khabarhub Khabarhub

पाथीभरामा केबलकारविरुद्ध झापामा प्रदर्शन- झडपपछि हानियो अश्रुग्यास, तीनजना पक्राउ


२० माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

झापा- ताप्लेजुङस्थित मुक्कुम्लुङ संरक्षण तथा केबुलकार खारेजी अन्तरदलीय संघर्ष समितिको बन्दको पूर्वी नेपालमा आंशिक प्रभाव परेको छ ।

बन्दका क्रममा झापामा तनाव भएको छ। ताप्लेजुङस्थित पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकारको विरोधमा संघर्ष समितिले आइतबार र सोमबार झापासहित पूर्वका नौ जिल्ला बन्द आह्वान गरेको थियो ।

आइतबार दिउँसो पूर्व-पश्चिम राजमार्गअन्तर्गत दमक नगरपालिका-६ स्थित गणतन्त्र चोकमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन नेतृत्वको समूहसँग प्रहरीको झडप भएको हो ।

करिब सय हाराहारीका नेता-कार्यकर्ताले टायर बालेर सडक अवरोध गर्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिन खोज्दा ढुंगा हानेका थिए । त्यसपछि प्रहरीले अश्रुग्यासको सेल हानेको हो ।

प्रदर्शनकारीले ढुंगा हान्दा मे १ च ५१६१ नम्बरको स्कोरपियोसहित केही गाडी फुटेका छन् । इलाका प्रहरी कार्यालय दमकले केही बन्दकर्तालाई पक्राउ गरेको छ । बन्दकर्ता पक्राउ परेपछि अन्यले प्रदर्शन चर्काउँदा स्थिति तनावपूर्ण भएर झडपको अवस्था निम्तिएको हो । झडपका क्रममा अवस्था नियन्त्रणमा लिन प्रहरीले तीन सेल अश्रुग्यास हानेको छ ।

झापामा बन्द गराउँदै हिँड्ने तीनजनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले बताए ।

दमक नगरपालिका–६ स्थित आकाशे पुलमा भेला भएर बन्द गराउँदै हिँडने तीनजनालाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा पदम बेघासहित छन् । राजमार्गका गाडीको चाबी थुत्न खोज्दा उनीहरूलाई नियन्त्रणमा लिएको डीएसपी चन्दले बताए । आइतबार साढे ५ बजे मेची राजमार्गअन्तर्गत बुद्धशान्ति गाउँपालिका-४ मा बन्दकर्ता रुख ढालेर सडक अवरुद्ध गरेका थिए । अहिले अवरोध हटाएर यातायात सुचारु भइसकेका चन्दले बताए ।

समितिले ताप्लेजुङ,पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र संखुवासभा बन्द आह्वान गरेको छ । बन्दकर्ताले गत माघ १५ गतेदेखि मेची राजमार्गमा यातायात बन्द कायमै राखेका छन् ।

यसले जनजीवन प्रभावित भएको छ। पाथीभरा क्षेत्रमा केबलकार निर्माणकोमा प्रदर्शनमा उत्रिएका मुक्कुम्लुङ संरक्षण संर्घष समिति र प्रहरीबीच गत माघ १२ गते झडप हुँदा २४ जना बढी घाइते भएका थिए । त्यसक्रममा प्रहरीको गोली लागेर तीनजना प्रदर्शनकारी गम्भीर घाइते भएका थिए ।

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  ४ : २६ बजे

खानेपानी उपभोक्तालाई एक करोड २९ लाख विद्युत् महसुलमा अनुदान

तनहुँ– खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयबाट तनहुँ र नवलपुरका १२९

‘पूर्वराष्ट्रपति राजनीतिमा आउन नपाउने व्यवस्था संविधानमै राख्नुपर्छ’

भादगाउँ– नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउन

हिमानी र मनिषा देखिए एक साथ (तस्बिरहरू)

काठमाडौं– हिमानी कोष र इन्टरनेशनल क्लबको सहकार्यमा आयोजित कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र

माओवादी स्थायी समिति बैठक स्थगित, भोलि बस्ने

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) को जारी स्थायी समिति बैठक

प्रधानमन्त्री ओलीले भने- कम्युनिस्ट पार्टीमा अस्थिरता असाध्यै धेरै भो, खेलोफड्को भइराखेको छ

काठमाडौं- प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट