इन्डेक्स एक्सचेन्जबाट रेमिट्यान्स पठाउनेले जित्न सक्छन् घर « Khabarhub

इन्डेक्स एक्सचेन्जबाट रेमिट्यान्स पठाउनेले जित्न सक्छन् घर


२० माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

दुबई- यूएईस्थित इन्डेक्स एक्सचेन्जले आफ्ना ग्राहका लागि नयाँ योजना ल्याएको छ। ग्राहकको भाग्य बदल्ने योजनासहित शान ए रमदानको चौथो संस्करण लिएर इन्डेक्स एक्सचेन्ज आएको हो ।

यो वर्ष ‘यस बार, बुल्डोजरको वार’ नारासहित रमदानको अवससरमा आफ्ना ग्राहकलाई भाग्य बदल्ने मौका लिएर यो कम्पनी आएको हो ।

आगामी मार्च २९ तारिखसम्म मान्य रहने ‘शान ए रमदान सिजन ४’ मा इन्डेक्स एक्सचेन्जका यूएईभरका कुनै पनि शाखाबाट नेपालसहित आफ्नो देशमा पैसा पठाउँदा हरेक १० दिनमा एसयुभी गाडी, सुन, नगद र आफ्नो देशमा घर जित्न सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीले ‘भत्काउनुहोस् आफ्नो दु:खको पर्खाल, अनि बनाउनुस् जीवनको बाटो सरल’नारा दिएर यो अभियान थालेको हो ।

यस कार्यक्रमको प्रवर्द्धनका क्रममा कम्पनीले बुल्डोजरलाई हिम्मत, साहस, आँट, भरोसा र शक्तिको प्रतीकका रुपमा प्रस्तुत गरेको छ। देश छाडेर प्रदेशमा संघर्ष गर्दा श्रमिकले कमाएको धन सुरक्षित रुपमा पठाउने काममा साथ दिन यो अभियान ल्याएको बताइएको छ । परदेशी श्रमिकको हिम्मत, साहस र शक्तिको कदर गर्दै उनीहरूकै लागि यो अभियान थालिएको कम्पनीको भनाइ छ ।

दु:ख, बाधा र समस्यासँग धैर्य, साहस र शक्तिसहित बुल्डोजरले पर्खाल भत्काउनु पर्छ भन्ने सन्देशसहित यूएईबासी नेपालीका लागि कम्पनीले ‘शान ए रमदान सिजन ४’ ल्याएको हो ।

यस कार्यक्रमका क्रममा हरेक १० दिनमा हुने लक्की ड्रबाट आफ्नो जिबन बदल्ने उपहार जित्न सकिने उक्त एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत सैयेद अब्दुस सलामले बताएका छन् ।

इन्डेक्स एक्सचेन्जले हरेक वर्ष विभिन्न प्रवर्द्धनात्मभ कार्यक्रम गर्ने गरेको छ । जसमा धेरै नेपालीले कयौँ उपहार जित्ने गरेका छन्। पछिल्लो पटक एकजना नेपालीले नेपालमा घर जितेका थिए । अन्यले लाखौँ रुपैयाँ जितिसकेको जानकारी एक्सचेन्जका प्रमुख ब्यापार प्रबन्धक मिर के रसूलले दिए ।

एक्सचेन्जले वित्तीय साक्षरता कार्यक्रम पनि चलाउँदै आएको छ। केही महिनाअघि ‘अब कि बार, हुण्डी पे वार’ नारासहित यूएईभ सबै इमिरेट्समा कम्पनीले गैरकानुनी विप्रेषणविरुद्ध घरदैलो कार्यक्रम चलाएको थियो । त्यसपछि नेपालीलाई लक्षित गरी ‘विन अ मिलियन’को तेस्रो संस्करण ल्याइयो । जसमा दश लाख नगदसहित नेपालीले घर जाने हवाइ टिकट जितेका प्रतिनिधि नबीन पौडेलले बताए ।

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  ६ : ०४ बजे

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

स्वर्णिम वाग्ले रास्वपाको खुला उपसभापतिमा निर्विरोध

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को खुला उपसभापतिमा अर्थमन्त्री स्वर्णिम

ट्युनिसियालाई हराउँदै नेदरल्यान्ड्स समूह विजेता, नकआउट चरणमा मोरक्कोसँग भिड्ने

काठमाडौँ – खेलको सुरुवाती सात मिनेटभित्रै दुई गोल गरेपछि नेदरल्यान्ड्सले

आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस 

काठमाडौं- आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस विभिन्न सचेतनामूलक

भेनेजुएला भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १८८ पुग्यो, १,५०० भन्दा बढी घाइते

काठमाडौं – भेनेजुएलाको राजधानी काराकास आसपास केन्द्रबिन्दु बनाएर गएको दुई