‘कांग्रेस-एमाले अध्यादेशका भरमा सत्ता कब्जा गर्न खोज्दै छन्’ « Khabarhub

‘कांग्रेस-एमाले अध्यादेशका भरमा सत्ता कब्जा गर्न खोज्दै छन्’


२० माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस-एमाले गठबन्धन षड्यन्त्रपूर्वक सत्ता कब्जाका लागि बनेको बताएका छन् ।

पार्टीको सङ्घीय सम्पर्क कमिटी प्रथम सम्मेलनलाई आइतबार कोटेश्वरस्थित एक रेष्टुरेन्टमा सम्बोधनका क्रममा पूर्वप्रधानमन्त्री नेपालले यसो भनेका हुन् ।

‘हामीले लामो समय भ्रष्टाचारविरुद्ध अभियान चलाएका छौँ । त्यसो भएकाले नेपालमा भ्रष्टाचार मूल समस्या छ’, उनले भने, ‘यी सबै कुरामा हाम्रो पार्टीले भूमिका खेलेको छ। हामीले एउटा सन्देश दिएका छौँ । समाजवादी मोर्चा बन्दा पनि हाम्रो उपस्थितिले ठूलो अर्थ राखेको छ।’

उनले समाजवादी मोर्चा सक्रिय भएर नयाँ उत्साह ल्याएको बताउँदै अहिले नेपाली कांग्रेस र नेकपा एमालेको सरकारलाई अप्राकृतिकको संज्ञा दिए ।

‘अहिलेको सरकार र कांग्रेस र एमालेको गठबन्धन अप्राकृतिक छ । षड्यतन्त्र गरेर सत्ता कब्जा गर्न गठबन्धन भएको हो । यो कुनै विचार मिल्ने गठबन्धन होइन’, उनले भने, ‘यो सरकारको कुनै कोणबाट उपादेयता छैन । यसले कानुन र संविधानमा प्रहार गरेको छ ।’

उनले यो सरकार बनेयता जनतामा उत्साहभन्दा निराशा मात्रै बढेको पनि आरोप लगाए । ‘यो सरकार आएपछि जनतामा निराशा पैदा गरेको छ, आशा जगाउन सकेको छैन’, उनले भने, ‘अहिले यो सरकारले ल्याएको अध्यादेश त्यसकै एउटा नमूना हो । अध्यादेशमार्फत् देशमा सत्ता कब्जा गर्न खोजिएको छ ।’

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  ६ : ४१ बजे

विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण

चितवन– चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको उपकुलपति, ‘रजिष्ट्रार’

पर्यटन प्रवर्द्धन गर्न सातबुँदे घोषणापत्र जारी

बाँके– पर्यटन व्यवसायीले नेपालगन्ज–पोखरा, नेपालगन्ज–जनकपुरलगायत सम्भावित नयाँ हवाई गन्तव्यलाई जोडेर

तनहुँको छिर्कनेमा पहिरो, यातायात सेवा प्रभावित

तनहुँ– तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेस्थित पृथ्वीराजमार्गमा पहिरो खस्दा यातायात सेवा

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१, ‘सिए टिएस’ प्रमाणीकरण सुरु

जनकपुरधाम– पर्सा राष्ट्रिय निकुञ्जमा पाठेबाघको सङ्ख्या बढेसँगै संरक्षण व्यवस्थापनलाई अन्तर्राष्ट्रिय

सत्ता र शंकाले ध्वस्त नेपाली कम्युनिस्ट आन्दोलन

नेपालको कम्युनिस्ट आन्दोलन सात दशकभन्दा लामो राजनीतिक यात्राबाट गुज्रिएको छ