टाइगर कप भलिबल : पुरुषतर्फको उपाधि पुलिस क्लबलाई « Khabarhub

टाइगर कप भलिबल : पुरुषतर्फको उपाधि पुलिस क्लबलाई


२० माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


465
Shares
  • change font
  • change font
  • change font

कास्की– विभागीय टोली नेपाल पुलिस क्लबले पोखरामा आज सम्पन्न टाइगर कप भलिबलको उपाधि जितेको छ । पुलिस क्लबले घरेलु टोली गण्डकी प्रदेशलाई हराउँदै उपाधि जितेको हो । 
 
‘टाइगर ग्रुप अफ अफ पोखरा’द्वारा आयोजित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुलिस क्लब  च्याम्पियन बन्न सफल भएको हो । पोखरा रङ्गशालामा भएको फाइनल खेलमा पुलिसले गण्डकीलाई ३–१ सेटले पराजित गरेको हो । 

पुलिसले पहिलो, दोस्रो र चौथो सेटमा जित निकालेको हो । उसले पहिलो सेट २५–२३ अङ्कले तथा दोस्रो सेट २५–२१ अङ्कले जितेको हो । तेस्रो सेट गण्डकीले २५–२० अङ्कले जित्यो । चौथो सेट २५–२२ अङ्कले जित्दै पुलिस क्लबले उपाधि चुमेको हो ।

उपाधिसँगै पुलिसले रु पाँच लाख ८५ हजार पाँच ५५ ट्रफी र मेडल प्राप्त गर्‍यो । उपविजेता गण्डकीले रु दुई लाख ८५ हजार पाँच सय ५५ पुरस्कार पायो ।  

यसअघि आजै सम्पन्न महिलातर्फको उपाधि आयोजक टाइगर ग्रुपले जित्यो । उसले विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबलाई ३–२  सेटमा पराजित गरेको हो । टाइगर ग्रुपले रु पाँच लाख ८५ हजार पाँच सय ५५ र उपविजेता एपीएफले रु दुई लाख ८५ हजार पाँच सय ५५ पुरस्कार पायो । 

पहिलो सेट १७–२५ अङ्कले गुमाएको आयोजक टोलीले दोस्रो सेट २९–२७ अङ्कले आफ्नो पक्षमा पारेको थियो । तेस्रो सेट २१–२५ अङ्कले एपिएफले जित्यो । आयोजक टोलीले चौथो सेट २५–१६ अङ्कले जित्यो । अन्तिम सेट आयोजक टाइगर गुपले १५–१३ अङ्कको जितेर  उपाधि चुमेको हो । 
 

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  ७ : १५ बजे

पार्टीभित्र कुनै मत–मतान्तर छैन : शंकर पोखरेल

 काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्र अहिले कुनै

पाकिस्तानमा प्रहरीको गोली लागेर अस्ट्रेलियाली बालिकाको मृत्यु

एजेन्सी– पूर्वी पाकिस्तानमा प्रहरीले गल्तीवश चलाएको गोली लागेर एक अस्ट्रेलियाली

इरान-अमेरिका समझदारी : दुवै पक्षद्वारा जितेको दाबी, इजरायलले नमान्ने, लेबनानमा अन्यौल

काठमाडौं- इरान र अमेरिका विगत साढे तीन महिनादेखि जारी द्वन्द्व

दयाहाङ–सौगातभन्दा मुकुन अगाडि, स्वस्तिमाले देखाइन् स्टारडम

काठमाडौं – दुई डिमान्डेड नायकहरू दयाहाङ राई र सौगात मल्ललाई

मगर समुदायले काठमाडौंमा मनाए भूमे पर्व (तस्बिरहरू)

काठमाडौं– मगर समुदायले भूमे अर्थात् प्रकृतिको पूजाआजा गर्दै मनाउने पर्व