जसपा नेपालको कार्यकारिणी समिति बैठक लम्बियो « Khabarhub

जसपा नेपालको कार्यकारिणी समिति बैठक लम्बियो


२० माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक थप एक दिनलाई लम्बिएको छ। पार्टी अध्यक्ष उपेन्द्र यादवद्वारा प्रस्तुत कार्यसूची र एजेन्डाबारेको छलफल निर्धारित समयभित्र नटुङ्गिएकोले बैठक लम्बिएको हो।

ललितपुरको बालकुमारीमा शनिबारदेखि सुरु कार्यकारिणी समितिको बैठक सोमबार ११ बजे पुनः बस्ने गरि आइतबार साँझ छलफल स्थगित भएको अध्यक्ष यादवको निजी सचिवालयले जनाएको छ ।

आइतबारको बैठकमा पार्टी सुदृढीकरणका लागि चार महिनादेखि केन्द्रदेखि वडास्तरसम्मै जारी संगठन बिस्तार अभियानको समीक्षा भएको छ ।

क्षेत्रगत प्रगति विवरणसहित भएको छलफलमा उक्त अभियान उत्साहजनक, प्रभावकारी र परिणाममुखी भएको निष्कर्ष निकालिएको छ। यसअघि पहिलो र दोस्रो दिन सदस्यहरूले आ–आफ्नो जिम्मेावारी र तोकिएको क्षेत्रगत अभियानको प्रगति सुनाएका थिए ।

बैठकमा पार्टीको केन्द्रीय सल्लाहकार समिति गठनका नामावली संकलन गरिएको छ। सोमबारको बैठकले संकलित नामावलीबाट समितिको नेतृत्व र अन्य बाकी सदस्य चयन गर्नेछ।

तीनजना विभागीय प्रमुखसहित ३५ सदस्सिय कार्यकारिणी समितिमा नयाँ सदस्य थप्ने गरि यसअघि गठित कार्यदलले प्रस्तुत गरेको प्रतिवेदन उपर सोमबार छलफल हुने कार्यसूची रहेको छ।

बैठकले केही संगठनको जिम्मेवारी हेरफेर गरेको छ, जसलाई सोमबार अन्तिम रूप दिइनेछ। यसैगरी, पार्टीको आगामी कार्यदिशा, वर्तमान राजनीतिक अवस्था, निर्माण गर्न लागिएको मधेश केन्द्रित दलको संयुक्त मोर्चा लगायत एजेण्डामा सोमबार छलफल गर्नेगरी बैठक सकिनेछ ।

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  ८ : ०४ बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था