आविष्कार केन्द्रद्वारा ठूला अस्पतालमा बिग्रिएका ४ सय ८४ वटा उपकरण मर्मत  « Khabarhub

आविष्कार केन्द्रद्वारा ठूला अस्पतालमा बिग्रिएका ४ सय ८४ वटा उपकरण मर्मत 


१८ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतमा रहेका ठूला अस्पतालहरूमा बिग्रिएका ४८४ वटा उपकरण राष्ट्रिय आविष्कार केन्द्रले मर्मत गरेको छ । 

स्वास्थ्य मन्त्रालयले संघीय अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण मर्मतको जिम्मा महावीर पुनको नेतृत्वमा रहेको राष्ट्रिय आविष्कार केन्द्रलाई दिने सम्झौता गत भदौमा गरेको थियो ।

सोही सम्झौता अनुसार आविष्कार केन्द्रले हालसम्म ४८४ वटा उपकरणहरू मर्मत गरेर प्रयोग गर्न उपयुक्त गराएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए । 

विशेष गरी स्वास्थ्यमन्त्री प्रदीप पौडेलको पहलमा ठूला अस्पतालमा प्रयोगविहीन अवस्थामा रहेका र प्रयोग गर्दागर्दै बिग्रिएर थन्काइएका स्वास्थ्य उपकरणहरूको मर्मत सम्भार गर्न दिने सम्झौता गरेका थिए । 

संघीय सरकार मातहत रहेका १७ वटा अस्पतालमा बिग्रिएर थन्किएका र प्रयोगै नगरी राख्दा बिग्रेका उपकरणहरूको मर्मत सम्भार वैज्ञानिक महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रले गरिरहेको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  ३ : ४३ बजे

कुनै पनि उम्मेदवारलाई समर्थन गरेको छैन : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले आफ्नो नाम जोडेर विभिन्न

कांग्रेस महाधिवेशन : मतदान गर्न लाइनमा प्रतिनिधि

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान गर्न

दसैंको अग्रिम टिकट लिन नयाँ बसपार्कमा यात्रुको भीड (तस्बिरहरू) 

काठमाडौं- वडा दसैं नजिकिएसँगै काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा घर फर्किने यात्रुको

व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै

बागमती– मकवानपुरमा व्यावसायिक कुखुरापालनतर्फ आकर्षण बढ्दै गएको छ । कमानेबाट

कालीगण्डकी पुलको तनहुँतर्फको पहुँच सडक पुनर्निर्माण हुँदै

दमौली– अविरल वर्षाका कारण क्षतिग्रस्त तनहुँको घिरिङ र नवलपुरको बौदीकाली