आविष्कार केन्द्रद्वारा ठूला अस्पतालमा बिग्रिएका ४ सय ८४ वटा उपकरण मर्मत  « Khabarhub

आविष्कार केन्द्रद्वारा ठूला अस्पतालमा बिग्रिएका ४ सय ८४ वटा उपकरण मर्मत 


१८ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतमा रहेका ठूला अस्पतालहरूमा बिग्रिएका ४८४ वटा उपकरण राष्ट्रिय आविष्कार केन्द्रले मर्मत गरेको छ । 

स्वास्थ्य मन्त्रालयले संघीय अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण मर्मतको जिम्मा महावीर पुनको नेतृत्वमा रहेको राष्ट्रिय आविष्कार केन्द्रलाई दिने सम्झौता गत भदौमा गरेको थियो ।

सोही सम्झौता अनुसार आविष्कार केन्द्रले हालसम्म ४८४ वटा उपकरणहरू मर्मत गरेर प्रयोग गर्न उपयुक्त गराएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए । 

विशेष गरी स्वास्थ्यमन्त्री प्रदीप पौडेलको पहलमा ठूला अस्पतालमा प्रयोगविहीन अवस्थामा रहेका र प्रयोग गर्दागर्दै बिग्रिएर थन्काइएका स्वास्थ्य उपकरणहरूको मर्मत सम्भार गर्न दिने सम्झौता गरेका थिए । 

संघीय सरकार मातहत रहेका १७ वटा अस्पतालमा बिग्रिएर थन्किएका र प्रयोगै नगरी राख्दा बिग्रेका उपकरणहरूको मर्मत सम्भार वैज्ञानिक महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रले गरिरहेको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  ३ : ४३ बजे

चालु आवमा ८५ आयोजनाको बजेट सुरक्षित : दुई दर्जन योजना अलपत्र

काँक्रेविहार– चालु आर्थिक वर्षमा कार्यान्वयन गर्न कर्णाली प्रदेश सरकारले आवश्यकता

कांग्रेस देउवा पक्षले पत्रकार सम्मेलन गर्दै

काठमाडौं– नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि