सबै प्रकारका विभेदजन्य घटना र व्यवहार दण्डनीय हुन्छ : गृहमन्त्री लेखक « Khabarhub

सबै प्रकारका विभेदजन्य घटना र व्यवहार दण्डनीय हुन्छ : गृहमन्त्री लेखक


१८ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रमेश लेखकले सबै प्रकारका विभेदजन्य घटना र व्यवहार दण्डनीय हुने जनाउँदै  सरकार त्यस्ता घटनामा संलग्नलाई प्रचलित कानूनी दायरामा ल्याउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । 

सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाउँपालिकामा २२ वर्षीय दिनेश विकको शङ्कास्पद मृत्युको घटनामा सङ्लन दोषीलाई कानुन बमोजिम कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरे । 

सङ्घीय संसद्, राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले राखेको प्रश्नको जवाफ दिँदै उनले सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाउँपालिकामा २२ वर्षीय विकको शङ्कास्पद मृत्युका सम्बन्धमा मृतकको काकाले दिएको किटानी जाहेरीमा उल्लेख भएका तीन जना व्यक्तिहरू देवकी घतानी, उलेजबहादुर घतानी र राजकुमार सुनारलाई पक्राउ गरिएको उल्लेख गरे । 

निजहरू उपर अनुसन्धान जारी रहेको र त्यस सम्बन्धमा निष्पक्ष छानबिन गरी मुद्दा दायर गरिने उनको भनाइ छ । 

त्यसैगरी रौतहट घटनामा कसुर गर्नेमध्ये एक जनालाई पक्राउ गरी कानुन बमोजिम कारबाही र बाँकीको खोजतलास भइरहेको र बैतडी घटनामा दलित र गैर दलित दुवैको सहभागितामा मृतकको लास कुर्ने, दाहसंस्कार गर्ने कार्य भएको भन्ने जानकारी प्राप्त भएको भएको संसद्लाई जानकारी गराए । 

‘कुनै पनि जातीय विभेद तथा छुवाछुत, हत्या, हिंसा, शोषण र दुर्व्यवहारविरुद्ध सहज उजुरी गर्ने उद्देश्यले सबै जिल्ला प्रहरी कार्यालयमा अपराध अनुसन्धान शाखा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र, सामुदायिक प्रहरी केन्द्र, दलित डेस्क, नागरिक सहायता कक्ष, ठाडो उजुरी शाखा समेतको स्थापना गरी सञ्चालनमा ल्याइएको छ’, उनले भने ।

ती शाखामा प्राप्त जाहेरी/उजुरीलाई प्राथमिकताका साथ कार्यान्वयन गरिएको उनको भनाइ छ । उनले यस्ता विषयमा मेलमिलाप तथा झुट्टा मुद्दामा फसाउने कार्य नभएको र त्यस्ता कार्य भएका कानुन बमोजिम कारबाही गरिने ब्यहोरा सदन समक्ष जानकारी गराए । 

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  ५ : ४२ बजे

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले