गोठाटारमा लाल मोहम्मदलाई गोली हान्ने गुड्डुलाई प्रहरीले गोली चलाएरै समात्यो « Khabarhub

गोठाटारमा लाल मोहम्मदलाई गोली हान्ने गुड्डुलाई प्रहरीले गोली चलाएरै समात्यो


१८ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंको टोखामा प्रहरीले गोली चलाएर भारतीय अपराधीलाई पक्राउ गरेको छ ।

सर्लाहीको हरिवन नगरपालिका-२ का ५५ वर्षीय लाल मोहम्मद भनिने मोहम्मद दर्जीमाथि भक्तपुरको गोठाटारमा गोली हानेर फरार भारतीय नागरिक गुड्डु पटेललाई पक्राउ गर्न प्रहरीले गोली हानेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मुख्य सुटर पटेललाई गोली प्रहार गरी नियन्त्रणमा लिएको कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले बताए ।

गोठाटारस्थित एभेन्जर इन्टरप्राइजेज नामक गार्मेन्ट उद्योगअगाडि गोली हानिएको प्रकरणमा भारतीय अपराधी गुड्डु पटेललाई नियन्त्रणमा लिन प्रहरीले गोली हानेको हो ।

प्रहरीले गोली हानेर नियन्त्रणमा लिएका भारतीय अपराधी पटेलको अहिले त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

अहिले उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । २०७९ असोज ३ गते काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारस्थित कृष्ण मन्दिर नजिकै गोली लागेर एकजना फर्निचर व्यवसायीको हत्या भएको थियो।

गोली लागेर घाइते सर्लाहीको गोडैता नगरपालिका–२ मुस्लिम टोलका लाल मोहम्मद दर्जीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज उपचारका क्रममा ज्यान गएको थियो ।

त्यसबेला पल्सर मोटरसाइकलमा आएका २ जनाले उनलाई गोली प्रहार गरेका थिए। त्यसपछि २०७९ असोज १४ गते तीन जनालाई प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको थियो।

हत्यामा संलग्नहरूको सीसीटिभी फुटेजका आधारमा पक्राउ गरिएको थियो । हत्याका योजनाकार भारतीय गुण्डा नितिन मदन थिए । प्रहरीले त्यसबेला उनैले हत्या योजना बनाएर सुटर ल्याएको खुलेको थियो । सुटरका रुपमा आइतबार पक्राउ गरिएका गुड्डुलाई प्रयोग गरिएको थियो ।

गोठाटारमा हत्या गरिएका लाल मोहम्मदका परिवार काठमाडौंमै बस्ने गरेका थिए । उनको हत्याका मुख्य योजनाकार भारतीय नागरिक नितिन मदनका परिवार पनि काठमाडौंमै बस्ने गरेका थिए । गोठाटार हत्याकाण्डका सुटर गुड्डुलाई प्रहरीले करिब अढाई वर्षपछि प्रहरीले काठमाडौंबाटै समातेको हो ।

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  ८ : १० बजे

अमेरिकाले चिकित्सा प्रयोगका लागि गाँजाको पहुँचलाई सहज बनायो

वाशिङ्गटन – संयुक्त राज्य अमेरिकाले नागरिकहरूलाई चिकित्सकीय प्रयोजनका लागि गाँजाको

रविलाई रक्षा बमको प्रश्न : भोलि सुकुम्बासी बस्तीमा छाती थाप्न आउनुहुन्छ नि ?

काठमाडौं – जेनजी आन्दोलनकी अगुवा रक्षा बमले राष्ट्रिय स्वतन्त्र पार्टीका

सुकुमवासी बस्ती खाली गराउने तयारीविरुद्ध प्रदर्शन हुँदै

काठमाडौं – भूमिहीन दलित–सुकुमवासी र अव्यवस्थित बसोवासीलाई बस्तीबाट हटाउने सरकारको

२५ जना सहसचिवको सरुवा

काठमाडौँ । सरकारले २५ जना सहसचिवको सरुवा निकालेको छ ।

सञ्जु सैमसनको शतकमा चेन्नईले मुम्बईलाई दियो २०८ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३३औँ खेलमा चेन्नई