वन कुकुर संरक्षण सम्बन्धी नेपाली परियोजना विश्वको उत्कृष्ट ६ मा, भोटिङबाट एउटा छानिने « Khabarhub

वन कुकुर संरक्षण सम्बन्धी नेपाली परियोजना विश्वको उत्कृष्ट ६ मा, भोटिङबाट एउटा छानिने


२० चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

पोखरा– वन कुकुर संरक्षण विषयको नेपाली परियोजना उत्कृष्ट ६ मा परेको छ । यो वर्ष नेपालको सिठी बजाउने सिकारीहरुमार्फत (वन कुकुर) नेपालमा पर्यटन प्रवर्द्धन नामक परियोजना विश्वभरिका उत्कृष्ट ६ भित्र मनोनीत भएको हो ।

युरोपियन आउटडोर कन्जरभेसन एसोसिएसन नामक संस्थाले प्रकाशन गरेको सूचीमा वाइल्डप्लेस समूह अन्तर्गत नेपाली परियोजना उत्कृष्ट ६ मा परेको हो ।

यस परियोजना उत्कृष्ट एकमा पर्न सोमबारबाट सुरु भएको भोटिङबाट जित्नु पर्नेछ । परियोजना उत्कृष्ट एकमा परे करिब ४४ लाख नेपाली रुपैयाँ प्राप्त हुनेछ । यसका लागि अनलाइन भोटिङ सोमबार देखि १४ दिनका लागि खुला गरिएको छ ।

परियोजना उत्कृष्ट एकमा परे त्यसबाट प्राप्त ४४ लाख रुपैयाँबाट कास्कीको मादी गाउँपालिकामा वन कुकुरको अनुसन्धान र संरक्षणको काम गरिने प्रकृतिका साथीहरू नामक संस्थाका निर्देशक राजु आचार्यले बताए ।

सन् २०१७ र २०२१ मा मादी– २ ताङतिङमा प्रकृतिका साथीहरू नामक संस्थाले वन कुकुर अनुसन्धानका लागि राखेको क्यामेरा ट्यापिङमा त्यस क्षेत्रमा हराएका वन कुकुर पुनः देखिएका थिए ।

वन कुकुर किन संरक्षण गर्ने ? 
दुर्लभ वन कुकुर सङ्कटमा रहेको विज्ञ बताउँछन् । यो लोपोन्मुख वन कुकुर विश्वमै दुर्लभ मानिन्छ । यसको सङ्ख्या ९४९ देखि २ हजार २१५ को बीचमा रहेको अनुमान गरिएको छ । नेपालमा भने ५ सय भन्दा कम मात्र रहेको आचार्य बताउँछन् । वन कुकुरको सङ्ख्या तीव्र गतिमा घट्दै गइरहेको कारण संरक्षण गर्नुपर्ने अवस्था रहेको विज्ञ बताउँछन् ।

सन् १९७० सम्म नेपालका धेरै भूभागमा पाइने भए पनि पछिल्लो समयमा केही सीमित स्थानमा मात्र अभिलेख गरिएको पनि उनले बताए । यसको सङ्ख्यामा आएको गिरावटको मुख्य कारण आहारा प्रजातिको कमी, मानिससँगको द्वन्द्व, कृषि क्षेत्र विस्तारलगायत रहेको बताइएको छ ।

वन कुकुर (ढोले) प्रजातिको नामले चिनिने यो वन्यजन्तु कुनै समय अन्नपूर्ण संरक्षण क्षेत्रमा हराएको मानिन्थ्यो । पछिल्ला केही वर्षमा गरिएको अध्ययनले उक्त प्रजाति पुनः देखापरेको बताइएको छ ।

मादी गाउँपालिकाको क्षेत्रमा भेटिएका ती प्रजाति पुनः हराउन सक्ने अवस्थाप्रति संरक्षणकर्मी चिन्तित छन् । विगतमा स्थानीय समुदायसँगको द्वन्द्वको कारण वन कुकुर प्रजातिलाई ठूलो क्षति पुगेको यस क्षेत्रमा लामो समयदेखि अध्ययन तथा संरक्षणमा संलग्न प्रकृतिका साथीहरू संस्थाका निर्देशक राजु आचार्यले बताए ।

वन कुकुरलाई स्थानीय समुदायले प्याउँ भनेर चिन्छन् । यस प्रजातिको संंरक्षणका लागि जनचेतना, पानीको स्रोतका लागि पोखरी निर्माण, नेचर गाइड तालिम, फोहर व्यवस्थापन लगायतका संरक्षण कार्यक्रम सञ्चालन गरिनु पर्ने पनि उनको भनाइ छ ।

वन कुकुर संरक्षणको साथै कास्कीको मादी गाउँपालिकोको पर्यटन विकासका लागि पनि परियोजना महत्वपूर्ण रहने भएकोले भोटिङ गरेर नेपाली परियोजना उत्कृष्टमा पार्न सहयोग मिल्ने उनले विश्वास व्यक्त गरे । भोटिङका लागि  https://www.eocaconservation.org/vote मा गएर भोट गर्न सकिने पनि उनले बताए ।

प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार  ७ : ४१ बजे

कोरलानाकामा थप ‘बीटीएस’ सञ्चार उपकरण जडान

मुस्ताङ– मुस्ताङको नेपाल–चीन उत्तरी कोरलानाका दशगजा क्षेत्रमा माइक्रोवेब बीटीएस टावरका

विषादीको विकल्पमा ‘जैविक झोल’को प्रयोग

म्याग्दी– म्याग्दी, मुस्ताङ, बागलुङ र पर्वत कार्यक्षेत्र रहेको राष्ट्रिय कृषि

गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

गुल्मी– कालीगण्डकी करिडोरअन्तर्गत रुद्रवेणी–पुर्तिघाट सडकखण्डमा आइतबार राति मोटरसाइकल दुर्घटना हुँदा

एमाले नेता झपट रावलले राखे पार्टी पुनर्गठनको प्रस्ताव

काठमाडौँ – नेकपा (एमाले) का नेता झपटबहादुर रावलले हालैको आम

रंगिन संसार छाडेर गायक–कलाकारहरूको पलायन यात्रा !

काठमाडौं – धेरै नायक नायिकाहरू विदेश पलायन भएर ठूलो पर्दामा