उपासनलाई एक्सन फिल्ममा देखिने रहर « Khabarhub

उपासनलाई एक्सन फिल्ममा देखिने रहर


२० चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चैत २९ बाट प्रदर्शनमा आउने फिल्म ‘कर्मा’मा नायक विपीन कार्की पहिलो पटक एक्सन अवतारमा देखिँदैछन् । नायक मुकुन भुसालले यही फिल्ममा पहिलो पटक खलनायकको भूमिका निर्वाह गर्दैछन् ।

‘कर्मा’की केन्द्रीय नायिका उपासना सिंह ठकुरी हुन् । यस फिल्ममा भने आफ्नो एक्सन नरहेको उनले खुलाएकी छन् ।

फिल्म छायाङ्कनमा सहभागी हुँदा द्वन्द्वका दृश्यबाट आफू प्रभावित भएको उनी सुनाउँछिन् । भन्छिन्, ‘यस फिल्ममा जसरी एक्सन सिनमा काम भएको मैले देखेँ – मलाई निकै मन परेको छ ।’

उपासनाले अभिनय गरेको पहिलो एक्सन फिल्म यही हो। यस फिल्मबाट आफूलाई एक्सन अवतारमा देखिन इच्छा पलाएको उनी बताउँछिन् । भन्छिन्, ‘फिल्ममा मेरो एक्सन सिन त छैन । अब एक्सन अवतारमा देखिने रहर छ । म एक्सन सिनेमाबाट अफर आउँछ भन्ने पर्खाइमा छु ।’

‘कर्मा’मा उपासना विपीन कार्कीको जोडीको भूमिकामा छिन् । फिल्ममा दिव्य देव र सरिता गिरी पनि मुख्य भूमिकामा छन् ।

कर्माका लेखक र निर्देशक सौरभ चौधरी हुन् । आर्टिस्टिक इन्टरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’ बनाउन वसन्त लम्सालले लगानी गरेका छन्‌ ।

प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार  ४ : २३ बजे

एमालेले बनायो स्याङ्जा-१ मा मीनप्रसाद र २ मा खिम थापालाई उम्मेदवार

वालिङ- नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

बालेनले सम्हाले रास्वपा वरिष्ठ नेताको कार्यभार

काठमाडौं- काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टी

गुमनाम रहेका आकाश फिल्ममा फर्कने मोटामोटी पक्का

काठमाडौं – लगातार फिल्म फ्लप भएपछि नायक कसरी बेरोजगार हुन्छन्

मेयर पदबाट राजीनामा दिएर रास्वपा कार्यालय पुगे बालेन, बजाए घण्टी

काठमाडौं- काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र शाह बालेन राष्ट्रिय स्वतन्त्र

बालेनले मेयर पदबाट दिए राजीनामा

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले पदबाट राजीनामा दिएका