उपासनलाई एक्सन फिल्ममा देखिने रहर « Khabarhub

उपासनलाई एक्सन फिल्ममा देखिने रहर


२० चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चैत २९ बाट प्रदर्शनमा आउने फिल्म ‘कर्मा’मा नायक विपीन कार्की पहिलो पटक एक्सन अवतारमा देखिँदैछन् । नायक मुकुन भुसालले यही फिल्ममा पहिलो पटक खलनायकको भूमिका निर्वाह गर्दैछन् ।

‘कर्मा’की केन्द्रीय नायिका उपासना सिंह ठकुरी हुन् । यस फिल्ममा भने आफ्नो एक्सन नरहेको उनले खुलाएकी छन् ।

फिल्म छायाङ्कनमा सहभागी हुँदा द्वन्द्वका दृश्यबाट आफू प्रभावित भएको उनी सुनाउँछिन् । भन्छिन्, ‘यस फिल्ममा जसरी एक्सन सिनमा काम भएको मैले देखेँ – मलाई निकै मन परेको छ ।’

उपासनाले अभिनय गरेको पहिलो एक्सन फिल्म यही हो। यस फिल्मबाट आफूलाई एक्सन अवतारमा देखिन इच्छा पलाएको उनी बताउँछिन् । भन्छिन्, ‘फिल्ममा मेरो एक्सन सिन त छैन । अब एक्सन अवतारमा देखिने रहर छ । म एक्सन सिनेमाबाट अफर आउँछ भन्ने पर्खाइमा छु ।’

‘कर्मा’मा उपासना विपीन कार्कीको जोडीको भूमिकामा छिन् । फिल्ममा दिव्य देव र सरिता गिरी पनि मुख्य भूमिकामा छन् ।

कर्माका लेखक र निर्देशक सौरभ चौधरी हुन् । आर्टिस्टिक इन्टरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’ बनाउन वसन्त लम्सालले लगानी गरेका छन्‌ ।

प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार  ४ : २३ बजे

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज