चितवन राष्ट्रिय निकुञ्जमा नियन्त्रित डढेलो « Khabarhub

चितवन राष्ट्रिय निकुञ्जमा नियन्त्रित डढेलो


२० चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

चितवन- चितवन राष्ट्रिय निकुञ्जले पाँच सय हेक्टरभन्दा बढी क्षेत्रफलमा नियन्त्रित डढेलो लगाएको छ । गत फागुन दोस्रो सातादेखि निकुञ्जले घाँसेमैदान व्यवस्थापनका लागि नियन्त्रित डढेलो लगाएको हो ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार घाँसेमैदान व्यवस्थापनका लागि नियन्त्रित डढेलो लगाइएको बताउँदै निकुञ्जका कर्मचारी, नेपाली सेना, स्थानीयसहितको टोलीले डढेलो लगाएर नियन्त्रणमा लिएका जानकारी दिए । उनका अनुसार निकुञ्जको पूर्वी क्षेत्रमा दुई सय हेक्टरभन्दा बढी र पश्चिम क्षेत्रमा तीन सय हेक्टरभन्दा वढी क्षेत्रफलमा डढेलो लगाइएको थियो ।

“घाँसेमैदानमा भएका ज्वलनशील पदार्थमा डढेलो लगाएर नियन्त्रणमा लिएका हौँ”, सूचना अधिकारी मगरले भने । निकुञ्जमा नेपाली सेना र निकुञ्ज कर्मचारीले डढेलो लगाएका बताउँदै मध्यवर्ती सामुदायिक वनमा उपभोक्ता समितिहरूले निकुञ्जको समन्वयमा नियन्त्रित रूपमा घाँसेमैदान व्यवस्थापनका लागि डढेलो लगाएका उनले जानकारी दिए ।

अहिले नियन्त्रित डढेलो लगाइसकिएको बताउँदै उनले अग्नि रेखा व्यवस्थापनको कामलाई तीव्र बनाइएको मगरले जानकारी दिए । उनले भने, “निकुञ्जभित्र रहेका अग्नि रेखाहरूको व्यवस्थापनको काम भइरहेको छ । सरसफाइ गर्ने, नयाँ अग्नि रेखा बनाउनेलगायत काम भइरहेका छन् ।”

पछिल्ला दिनमा अनियन्त्रित डढेलो लगाउन सुरु भएकाले यसलाई रोक्न नेपाली सेना र निकुञ्ज कर्मचारीसहित २० जनाको संयुक्त ‘रेस्पोन्स’ समूह बनाएर काम भइरहेको उनले बताए । निकुञ्ज क्षेत्रमा भन्दा अहिले मध्यवर्ती क्षेत्रमा अनियन्त्रित डढेलो बढी लगाइएको पाइएपछि टिमले ती डढेलो नियन्त्रण गर्दै आइरहेको निकुञ्जका सूचना अधिकारी मगरले बताए ।

उनका अनुसार निकुञ्जमा १० हजार हेक्टर क्षेत्रफल घाँसेमैदान रहेकामा अहिले तीन सय हेक्टर क्षेत्रफलको घाँसेमैदान व्यवस्थापन गरिएको छ । “नियन्त्रित डढेलोबाट वन्यजन्तुले नखाने ढड्डी, फोहर, पातलगायत घाँस डढ्ने गर्दछ । घाँसेमैदानमा नियन्त्रित डढेलो लगाउँदा नयाँ र कलिलो घाँस पलाउने भएकाले जनावरलाई चरनका लागि सहज हुन्छ”, मगरले भने ।

उनका अनुसार नियन्त्रित डढेलोले जनावरमा क्षति गर्दैन । डढेलोपछि उम्रने कलिलो घाँसका कारण वन्यजन्तु बस्ती पस्न पनि कम हुने उहाँले विश्वास व्यक्त गरे । वसन्तयममा घाँस तथा बुट्टयानमा नयाँ पालुवा पलाउने मौसम भएकाले नियन्त्रित डढेलो लगाउने गरिन्छ ।

यस निकुञ्जमा गैँडा, बाघ, हात्ती, चित्तललगायत दुलर्भ वन्यजन्तुहरू छन् । यहाँ विश्वभरबाट पर्यटक जङ्गल सफारीका लागि आउने गर्दछन् । नियन्त्रित डढेलो लगाएर निकुञ्ज सफा भएपछि निकुञ्जभित्रको बाटोबाट टाढाटाढासम्म वन्यजन्तु देख्न सकिन्छ । डढेलोपछिको मौसममा पर्यटकहरूले सहजै वन्यजन्तु देख्ने भएकाले सफारीका लागि रुचाउने निकुञ्ज कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार  ३ : ३७ बजे

हङकङबाट नेपालतर्फ लागे शेरबहादुर देउवा, पाँच महिनापछि स्वदेश फर्किँदै

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा लामो

किशोर श्रेष्ठ पक्राउ परेपछि उपसभामुखको विवादास्पद पोस्ट : ‘पत्रकारको भेषमा राक्षस हाे’

काठमाडाैं – पत्रकार किशोर श्रेष्ठ पक्राउ परेपछि प्रतिनिधिसभाकी उपसभामुख रूबी

शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवाबारे छलफल

काठमाडाैं – सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

युवा वर्गको चाहनाअनुसारको काम गरेर देखाउनुपर्ने छ : सभापति लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकले

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौं – पत्रकार किशोर श्रेष्ठ बुधबार राति पक्राउ परेका छन्